समाचार

    Showing ८५१-८६० of १०,४१५ items.
  • खेलकुद महोत्सवको रकमबाट अध्ययन केन्द्र बनाइने

    धरान/धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट संकलित रकमको प्रयोग गरी धरानमा ‘खेलकुद अध्ययन केन्द्र’ स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। आइतबार सम्पन्न खेलकुद महोत्सवको समापन समारोहमा बोल्दै अध्यक्ष राईले उक्त केन्द्रमार्फत धरान र देशका लेजेन्डरी खेलाडीहरूको अतुलनीय योगदान उजागर गरिने, उनीहरूको जीवनी संकलन गरिने तथा नवप्रतिभा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गरिने जानकारी दिए। अध्यक्ष राईले भने, “खेलकुद अध्ययन केन्द्र स्थापना गरेर खेल जगतको महत्व र खेलाडीहरूको अमूल्य योगदानलाई दस्तावेजीकरण गर्नेछौं। यसले भावी पुस्तालाई प्रेर

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ४५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु स्मृति माविमा खेलकुद सप्ताह समापनसँगै पुरस्कार तथा सम्मान

    धरान/ धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा आयोजित खेलकुद सप्ताहको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार विद्यालय परिसरमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षता तथा धरान–३ का वडा अध्यक्ष बिद्या शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थानका विद्यार्थीहरू तथा खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रबिन सुबेदीले जानकारी दिए। उनका अनुसार विद्यालयम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यकुण्ड माविको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा रहेको सूर्यकुण्ड माध्यमिक विद्यालयले ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । यसै शैक्षिक सत्रदेखि माध्यमिक तहको कक्षा सञ्चालन थालेको विद्यालयले आइतबार विभिन्न औपचारिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्ने दाताहरूलाई सम्मान, सेवा निवृत्त प्रधानाध्यापकलाई विदाइ तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ४४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ पुस्तक व्यवसायी महासङ्घको नेतृत्व घिमिरेलाई

    विराटनगर/  व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ मोरङको नेतृत्व दुर्गा प्रसाद घिमिरेलाई सुम्पिएको छ। शनिबार सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा दशौँ जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्ष चयन गरेको हो। अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा शुसिल घिमिरे र नरेश माझी चयन भएका छन्। सचिवमा माधव प्रसाद बराल, सह–सचिवमा विक्की मित्तल तथा कोषाध्यक्षमा प्रमोद बिश्वास चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास ग

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी आदिवासी जनजाति महासंघको अध्यक्षमा सुरेन्द्रमान सर्वसम्मत

    धरान/ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सुनसरीको छैठौं जिल्ला अधिवेशनले सुरेन्द्रमान स्थापितलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।   शनिबार धरान–१४ स्थित आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको सभाहलमा सम्पन्न बन्दसत्रले स्थापितको नेतृत्वमा नयाँ जिल्ला समन्वय परिषद् गठन गरेको हो।   अध्यक्ष राम मान्दुपा राईका अनुसार शुक्रबार साँझदेखि सुरु भएको बन्दसत्रले उपाध्यक्षमा भरतमान थामी, टन्क तामाङ, जयनारायण सिंह दनुवार र शारदा माझीलाई चयन गरेको छ।   सचिवमा रामकुमार चौधरी चयन भएका छन् भने सह–सचिवमा शिवानन्द कुमार मण्डल, युद्धबहादुर धिमाल, नारायण कुमार उरा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपा–बालेनबीच बृहत् एकताको सहमति

    सुनसरी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ सम्बन्धी महत्वपूर्ण सहमति भएको छ । आइतबार सम्पन्न सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै कायम रहने छन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ । रास्वपा र बालेन शाहबीच सहकार्य र एकताका विषयमा लामो समयदेखि संवाद चल्दै आएको थियो । विशेषगरी गत सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल हुँदै आएको थियो । औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिको

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ धनकुटे रोडस्थित एक घरबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति २ः५० बजे खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो। अभियान राईको घरमा लागूऔषध लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा सोही घरमा डेरा गरी बस्दै आएका पाँचथरको हिलीहाङ गाउँपालिका–७ का ३२ वर्षीय विशाल योक्पाङदेनको साथबाट प्लास्टिकमा पोका पारेर राखिएको ब्राउन सुगर   ५.८१ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही कोठामा बस्ने धरान

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पोमा जेन–जी आन्दोलनपछि व्यापार र कर संरचनामाथि बहस

    विराटनगर/ विराट ट्रेड एक्स्पो–२०८२ अन्तर्गत शनिबार आयोजित थिमेटिक सेसनमा पछिल्लो कर संरचना, जेन–जी आन्दोलनपछिको अवस्था र समसामयिक आर्थिक परिवेशमा उद्योग–व्यवसायको भविष्य विषयमा गहन बहस गरिएको छ। ‘जेन–जी आन्दोलनपछि व्यापार–व्यवसायः के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह, उद्योगी–व्यवसायी तथा योजनाविद्हरूले आफ्ना धारणा राखेका थिए। छलफलमा आन्दोलनले दिएको सन्देश, त्यसको उद्योग–व्यवसायमा परेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत दिशामाथि केन्द्रित भएर बहस भयो। नेपाल उद्योग वाणिज्य महासं

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ३३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराको औलिया बाबा साकोसको १६औँ साधारणसभा सम्पन्न

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चतराले आफ्नो १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। २०६६ सालमा वराहक्षेत्र–२ चतरा वयरवनमा स्थापना भएको सहकारीले शनिबार सेयर सदस्य, बचतकर्ता तथा सरोकारवालाको उल्लेख्य उपस्थितिमा साधारणसभा आयोजना गरेको हो। सभामा संस्थाका अध्यक्ष रमेशकुमार बिष्टले सहकारीको वार्षिक प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा समितिको सुझावसहितको आर्थिक प्रतिवेदन भने संस्थाकी व्यवस्थापक रुक्मिणा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्। चालु आर्थिक वर्षमा सहकारीले १ करोड ७६ लाख ४४ हजार ४ स

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोलेरो गाडीमा ७६३ केजी गाँजा बरामद, दुई जना पक्राउ

    सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।   गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।.   बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्।   प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।   उदयपुर

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved