समाचार

    Showing 8,481-8,490 of 10,052 items.
  • इटहरीमा कार चोरी गर्ने व्यक्तिको फोटो सार्वजनिक

    इटहरी । चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा योजना बनाइरहेको बेला गएराती इटहरी १३ खनारबाटै एक टाइटानिक कार चोरी भएको छ । बा ९ च ३४०४ नम्बरको सेतो रंगको कार गए राती घरबाटै चोरी भएपछि प्रहरी उक्त कार चोरीमा संलग्न ब्याक्तिको खोजिमा जुटेको छ । कार चोर्दै गरेको सिसि टिभिले भिडियो रेकर्ड गरेपनि चोरीमा संलग्न भएका ब्यक्ती अहिले सम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार चोरीमा संलग्न ब्याक्तिको तस्विर हातमा बोकेर शंकास्पद स्थानमा प्रहरी खोजि गर्न जुटिरहेको प्रहरीले जनाएको छ । मातहतमा रहेका प्रहरी कार्यालय र बाहिरका सम्भावित क्षेत्रहरूमा रहेका प्रहरी कार्यालयहरूम

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालगायक संदेश पौडेलको मेरी आमा म्युजिक भिडियो सार्वजनिक

    इटहरी । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बालगायक संदेश पौडेलको आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाइ म्युजिक भिडियोको रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेकाले गरेका छन । संदेश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसी, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ भने श्रृगारमा डेनि कोइराला रहेकी छिन । गितको रेकर्डिङ केहि दिन अघि सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यस

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 3,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रशासनको निर्णय लत्याउँदै जसपाको सम्मेलन

    इटहरी । कोरोना सकंमणको कारण देखाउदै सुनसरी प्रसाशनले जिल्ला भित्र कुनै सभा सम्मेलन नगर्न बिशेष आदेश जारी गरे पनि मधेसवादी दलका नेता राजेन्द्र महतोको जनता समाजवादी पार्टीले भने इटहरीमा ब्यापक सम्मेलन सम्पन्न गरेको छ । कोरोना महामारी समुदायस्तरबाट नियन्त्रण बाहिर पुगेको भन्दै प्रसाशनले इटहरीलाइ रेड जोन घोषणा गरिरहेकै बेला महतो नेतृत्वको जसपाले भने करीब ५ सय कार्यकर्ता बटुलेर पार्टी प्रवेश कार्यक्रम गरेको हो जसमा प्रमुख अतिथि नेता राजेन्द्र महतो रहेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करीब ३ सय जनाले जनता समाजवादीमा प्रवेश गरेका थिए । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्र

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुष्प श्रेष्ठको संयोजकत्वमा नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

    धरान । चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको शाखाको रुपमा प्रदेश १ कमिटी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्य कार्यसमिती गठन भएको छ । मंगलबार गठन भएको समितीमा चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला सहसंयोजकत्व रहेका छन् । समितीका सदस्यहरुमा धर्मेन्द्र आचार्य, भिम लामा, जतिन ताम्राकार, माधब पौडेल खत्री, लेजिना सुवेदी, रेस्मा घिमिरे, प्रवल दिप बिश्वास, नवीन सुब्बा, रेखा लिम्बू, गणेश राउत, मिलन सुवेदी, हरि प्रसाद सुब्बा, मेघराज लिम्बू(गोपाल ), श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य, ममता चौधरी र तुलसी घिमिरे रहेका छन् । कार्यक्रम नेपाल चलचित्रकर्मी मह

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाइब्रेरी सहितको अत्याधुनिक शौचालय निर्माण

    विराटचोक । देशमै पहिलो पटक अत्याधुनिक सुविधा रहेको शौचालयको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।शौचालय उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले सबै एकजुट भएर काम गर्दा असम्भव केही नहुँने बताए । उनले भने, ‘प्रदेश सरकारले पनि यो नगरलाई सुन्दर बनाउन लागिपरेको छ, विराटनगर– घिनाघाट सडकलाई ४ लेनको बनाइएको छ । पूर्वी पहाडी जिल्लाको केन्द्रबिन्दुको रुपमा यस नगरलाई विकास गर्न प्रदेश सरकार लागि परेको छ ।’ विराटनगर जोड्ने ४ लेनको बाटो प्रदेशकै गौरवको योजना अन्तर्गत राखेर निर्माण गरिएको उनले बताए । नगरपालिकाले ईलाइब्रेरी सहितका ८ वटा अत्याधुनिक सुविधा सहि

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुर जोड्ने दुधकोशीमा पुलको शिलान्यास

    सुनसरी । मोटरेबल पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका भोजपुरका हतुवागढीका स्थानीयवासी चुहारमा पुल बन्ने भए पछि उत्साहित बनेका छन् । प्रदेश सरकारको बजेटमा भोजपुरको हतुवागढी–९ हसनपुर चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैली जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँ लागतमा दूधकोशी नदीमाथि बन्ने पुलको सोमवार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् । पुल निर्माणले हतुवागढीसँगै समग्र जिल्लाकै विकार र समृद्धिमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री राईले

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,153 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय कृषि थोक बजार झारले पुर्यो

    विराटनगर । प्रदेश सरकारलाई घर आँगनकै सरकार भनिन्छ । विकासप्रति जनताको अपेक्षा यही सरकारसंग धेरै छ । अझ प्रदेश १ सरकारले त विकास र कृषि क्षेत्रलाई ठूलो प्राथमिकता दिएको छ । तर सरकारले कृषिसंग सम्बन्धित एउटा संरचना नै संचालन गर्न सकेको छैन । आफ्नै संरचना समेत सही ढंगबाट परिचालन गर्न नसक्दा प्रदेश सरकार अधिक आलोचनाको सिकार भएको छ । संघीय सरकारले हस्तान्तरण गरेको कृषि थोक बजारको संरचना चुस्त ढंगले संचालन गर्न प्रदेश १ सरकारले स्थानीय तहहरुलाई समेत विश्वासमा लिन सकेन । फलतः प्रधानमन्त्री केपी शर्मा ओली आंफै विराटनगरमा आएर हस्तान्तरण गरेको कृषि थोक बजारलाई झारले छोपेको छ । प्रदेश सरकारले विराटनगर म

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पीसीआर परिक्षण बन्द, बजार अनुगमनलाई तिब्रता

    इटहरी । कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेका बेला इटहरीले बुधबार देखि पीसीआर परिक्षण बन्द गरेको छ । कोभिड १९ अस्पताल अन्तरगत मोरङको बिराटनगर स्थित कोशी अञ्चल अस्पताल र सुनसरीको धरान स्थित बिपि प्रतिष्ठानले आवश्यकीय रिएजेन्ट अभाव भएको कारण देखाउदै परिक्षणका लागि पठाइने स्वाब नलिने जानकारी गराएको छ । संक्रमण समुदाय स्तरबाट पनि नियन्त्रण बाहिर पुगेपछि उपमहानगरले इटहरीको बिभिन्न क्षेत्रलाइ रेडजोन र निषेधित क्षेत्र तोकि अनुगमनलाइ तिब्रता दिइरहेको छ, तर अचानक पीसीआर परिक्षण बन्दको सुचना जारी गरेपछि सम्बन्धित सरोकारवालाहरूले पनि चासो देखाएका छन । उपमहानगरले गत मंगलबार एक सुचना जारी गर्दै नगरवासीहर

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 679 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अलैचीको अध्ययन गर्ने संस्थान आलुको विउ उत्पादन गर्दै, किसान चिन्तित

    इलाम । आलुको विउ उत्पादन गर्ने मुख्य कामका लागि इलामको जौबारीमा वागवानी विकास केन्द्र स्थापना भएको छ । जसको प्रमुख काम नै आलुको बिउको उत्पादन गर्ने हो । कृषिका अन्य बालीका लागि जिल्लै पिच्छे कृषि विकास कार्यालयहरु छन् । तर, मुलुकको एउटा मात्रै अलैचीका लागि स्थापना भएको कार्यालयले भने मुल काम छाडेर अन्यत्र लागेकाले अलैची खेतीको विकास विस्तार र अनुसन्धानको काम आझेलमा पर्ने चिन्ता थपिएको छ । अलैचीको विकास, संरक्षण र अलैचीका जातहरुको बारेमा अध्ययन गर्न स्थापना भएको एक मात्रै कार्यालय अलैची विकास कार्यालयले भने अलैची छाडेर अन्य खेतीको बिऊ उत्पादनमा लागको छ । अलैचीको भाउ घटेसंगै अलैचीको विरुवाको मा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 772 पटक पढिएको
    • " भगीरथ भण्डारी "
  • संचालकहरु भागाभाग, ६ वटा पसल सिल

    धरान । औषधी पसलहरुबाट बिरामी ठगिएको गुनासो बढ्दै गए पछि औषधी व्यवस्था विभाग अनुगमन गर्न आउँदा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडिमा औषधी पसल संचालकहरु भागाभाग भएका छन् । केही दिन अघि बिर्तामोड मेडिकल हलले एक बिरामीलाई ठगेको समाचार सार्वजनिक भए पछि औषधी व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो । अनुगमनको टोलि आउँदै गरेको खबर सुने पछि प्रतिष्ठान गेट बाहिरका अधिकांश औषधी पसलहरु बन्द गरेर फरार भएका थिए । यसले पनि प्रष्ट के पार्छ भने बन्द गरी फरार रहेका औषधी पसलहरु गैह्रकानुनी रुपमा संचालनमा आएका हुन् । कारवाहीमा पर्ने डरले पसलनै बन्द गरेर फरार भएका छन् । विभागका अनुसा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,238 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved