पुष्प श्रेष्ठको संयोजकत्वमा नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

  • असोज २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको शाखाको रुपमा प्रदेश १ कमिटी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्य कार्यसमिती गठन भएको छ ।
मंगलबार गठन भएको समितीमा चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला सहसंयोजकत्व रहेका छन् । समितीका सदस्यहरुमा धर्मेन्द्र आचार्य, भिम लामा, जतिन ताम्राकार, माधब पौडेल खत्री, लेजिना सुवेदी, रेस्मा घिमिरे, प्रवल दिप बिश्वास, नवीन सुब्बा, रेखा लिम्बू, गणेश राउत, मिलन सुवेदी, हरि प्रसाद सुब्बा, मेघराज लिम्बू(गोपाल ), श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य, ममता चौधरी र तुलसी घिमिरे रहेका छन् ।

कार्यक्रम नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा भएको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम चौधरी, महासंघका सल्लाहकार अशोक चेम्जोङ, प्रदेश १ निर्देशक समाजका उपाध्यक्ष ईन्द्र परियार, भिम लामा, मिना सिंगक, रेखा लिम्बू, जतिन ताम्राकार लगायत प्रदेश १ का चर्चित कलाकर्मीहरुको उपस्तिथि रहेको थियो ।
त्यसै गरि प्रवलदिप बिश्वासको अध्यक्षतामा राजवंशी चलचित्रकर्मी संघका पदाधिकारीहरुलाई पनि प्रमुख अतिथी रविन्द्र खडकाले खादा तथा टीका लगाईदिएर स्वागत गरिएका थिए । तेह्र सदस्यीय कार्यसमितीमा उपाध्यक्ष अमिता राजवंशी, सचीव विक्रम राजवंशी, सह सचीवमा बिष्णु प्रसाद राजवंशी, कोषाध्यक्ष शिल्पा बिश्वास, सह कोषाध्यक्ष देवराज राजवंशी रहेका छन् । समितीको सदस्यहरुमा कार्तिक राजवंशी, रमेश राजवंशी, उगेन राजवंशी, मनोज राजवंशी, गंगा राजवंशी, माला राजवंशी, पुजा राजवंशी रहेका छन् ।

 

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सापटी रकम लिएर घर फर ...

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट ग ...

बालिकामाथि यौन दुर् ...

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved