संचालकहरु भागाभाग, ६ वटा पसल सिल

  • आश्विन २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । औषधी पसलहरुबाट बिरामी ठगिएको गुनासो बढ्दै गए पछि औषधी व्यवस्था विभाग अनुगमन गर्न आउँदा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडिमा औषधी पसल संचालकहरु भागाभाग भएका छन् ।

केही दिन अघि बिर्तामोड मेडिकल हलले एक बिरामीलाई ठगेको समाचार सार्वजनिक भए पछि औषधी व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो । अनुगमनको टोलि आउँदै गरेको खबर सुने पछि प्रतिष्ठान गेट बाहिरका अधिकांश औषधी पसलहरु बन्द गरेर फरार भएका थिए । यसले पनि प्रष्ट के पार्छ भने बन्द गरी फरार रहेका औषधी पसलहरु गैह्रकानुनी रुपमा संचालनमा आएका हुन् । कारवाहीमा पर्ने डरले पसलनै बन्द गरेर फरार भएका छन् ।

विभागका अनुसार अनुगमन शुरु भएको थाहा पाएपछि १७ वटा मेडिकलहरु बन्द गरेर फरार भएका थिए । बन्द गरेर फरार भएका मेडिकलहरुको पनि लिष्ट तयार गरेर विभागले लगेको छ । विभागको सुची अनुसार बन्द गरेर भाग्ने मेडिकलहरुमा सँस्कृति फार्मेसी, जमुना फार्मेसी, जनसेवक मेडिको, पुर्णिमा मेडिकल हल, हार्दिक फार्मेसी, बबिता मेडिकल, साहारा मेडिकल, मारुती मेडिकल, सुविधा फार्मेसी, गार्जिन फर्मा रहे्को छ ।

यस्तै, माही मेडिकल हल, सुप्रिया फार्मेसी, सेलिजा फार्मेसी, सुनकोशी फार्मेसी, सागर औषधी पसल, दिक्षा मेडिकल र प्रियंका मेडिकल हल रहेको छ । अनुगमन अघि खुला रहेका ती मेडिकलहरु अनुमगन आएको थाह पाएपछि बन्द गरेर भागेका थिए । अनुगमन टोली फर्किए पछि भने खुला भएको थियो ।

विभागका प्रमुख सञ्जिव कट्टेलका अनुसार धरानको वीपी गेट बाहिरको मेडिकलहरुमा धेरै विकृति भएको गुनासो आएकोले अनुगमन गरिएको बताए । अनुगमनमा आएको थाहा पाएपछि पसल बन्द गरेका मेडिकलहरुलाई इलाका प्रहरी कार्यालय मार्फत विभागमा उपस्थित गराउन पत्राचार गर्ने उनले बताए । उनले भने, ‘इलाका प्रहरी कार्यालयमा पत्राचार गरेर निजहरुलाई विभागमा उपस्थित गराउन भन्छौं ।’

अनुगमन गरिएका पसलहरुमध्ये ६ वटालाई सिल गरिएको पनि विभागले जनाएको छ । कट्टेलका अनुसार सिल गरिएका मेडिकलहरुमा अधिकांश लाइसेन्स प्राप्त भएका सम्बन्धित व्यक्ति बसेका थिएनन् । मेडिकल पसलमा फार्मेसी पढेर लाइसेन्स प्राप्त गरेका व्यक्ति बसेर मात्र औषधी बेच्न पाउछन् । सिल गरिएका पसलहरुलाई ५ दिनभित्र उपस्थित गराउने र वयान लिने बताए ।

विभागका अनुसार प्रनित फार्मेसी, पञ्चमुखी फार्मेमी, नमस्कार फार्मेसी, फ्रेन्डस् फार्मेसी र जनता फार्मेसीमा ताला लगाइएको छ । लाइसेन्स प्राप्त व्यक्ति पसलमा नभेटिएकोले ती मेडिकललाई सिल गरिएको विभागका प्रमुख कट्टेलको भनाई छ । अर्को, बुढाथोकी मेडिकलले भने विरामीसँग औषधीको पैसा बढी लिएको गुनासो आएकोले बन्द गराएको र बिल सहित उपस्थित हुन निर्देशन दिइएको उनले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved