समाचार

    Showing 8,451-8,460 of 10,052 items.
  • धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान

    धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 632 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान

    धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 616 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबा

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक हत्या गर्ने अभियुक्त पक्राउ

    इलाम /  इलामको माई नगरपालिका १ का ४६ वषिर्य शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षिय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । प्रहरि कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो । ‘ घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियार द्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा &ldqu

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,183 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यू

    इलाम / कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भईरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्र

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 688 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग

    धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ । सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,121 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • उदयपुरमा स्करपियो दुर्घटना हुदा ५ जनाको मृत्यु ,३ घाइते

    धरान । उदयपुरको भदौरेमा शनिबार राति दुर्घटना हुदा ५ जनाको घटना स्थलमै ज्यान गएको छ भने थप ३ जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु भएका ५ जना मध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्र्की हुन भने बाँकी ३ जनाको अहिले सम्म पहिचान खुलेको छैन् । दुर्घटनामा परि गम्भिर घाइते भएका तीन जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।    

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि ल्याइएका ३ बोरा खैनी बरामद

    धरान । अवैध रुपमा भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका सुर्ती जन्य पदार्थ प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित पुष्पलाल चौकको भित्रि सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएका सुर्ती जन्य पदार्थ पक्राउ गरेको हो । प्लाष्टिकको बोरामा प्याक गरि ल्याइएका ३ वटा बोरा ल्याइएका २ हजार ९ सय ४० प्याकेट खैनी बरामद गरेको हो । अवैध सुर्ति ल्याउने सुनसरी हरिनगर गाउँपालिका ९ बस्ने २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले कुदाएको को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा सुर्ति जन्य पदार्थ ल्याउदै गरेको अवश्थामा पक्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,189 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्वकाे मुखमा चाेरीका घटना बढ्दै , प्रहरीले सकृियता बढाउदा ६ जना पक्राउ

    इटहरी । चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ । केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्ट

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

    विराटनगर/  कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९,

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved