विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • कार्तिक २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।
उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबाट पीडित विराटनगर–७ का ८६ वर्षीय वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको हो ।
उनलाई उपचारको लागि असोज २५ गते ष्ल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकका परिवारका सदस्य समेत संक्रमणका कारण होम आईसोलेसनमा छन ।

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved