चाडपर्वकाे मुखमा चाेरीका घटना बढ्दै , प्रहरीले सकृियता बढाउदा ६ जना पक्राउ

  • कार्तिक १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ ।

केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्टा बित्न नपाउदै प्रहरीले कार फेला पार्न सफल भएपनि चोरीमा संलग्नलाइ भने पक्राउ गर्न सकेको छैन । त्यस्तै शुक्रबार इटहरीको मुख्य चौकबाटै एक ब्यवसायीको मोटरसाइकल चोरी गर्न खोज्दा एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । यसैबिच केहि दिन अघि इटहरी ५ स्थित पार्किङ गरी राखेको आधा दर्जन बढी सिटि सफारीको ब्याट्री चोरी गर्ने गिरोहलाइ पनि इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

चोरी गर्ने र चोरी गरेको सामान किन्नेलाई समेत इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । उनिहरुलाई इटहरी ५ पश्चिम लाइनबाट पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इटहरी वडा न ५ बस्ने २० बर्षिय राज भन्ने लोक बहादुर बि क र इटहरी ७ बस्ने श्यामलाल धामि सहित उनिहरुले चोरेको सामान बिक्री गर्ने मोरङको सुन्दरहरैचा १२ खुर्साने स्थित अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोर कवाडि पसलमा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरेको छ ।

साथै उक्त कवाडि पसलबाट बिभिन्न कम्पनिका चोरी गरी ल्याएको १६ थान ब्याट्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हाल बजारमा उक्त ब्याट्रीको मुल्य ३ लाख रहेको छ ।

चोरी गर्ने तथा चोरीको सामान किन्ने ३ जनालाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले इटहरीले जानकारी दिएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved