समाचार

    Showing 8,341-8,350 of 10,050 items.
  • जुवा खेलिरहेको अवश्थामा नगद सहित ९ पक्राउ

    सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ । शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,382 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का दुई छुट्टा छुट्टै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु

    धरानः प्रदेश नम्बर १ को दुई जिल्लामा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार राति ९ः४५ मा को१८प ४८३१ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोकिदा घाइते भएका मोटरसाईकल चालक घनश्याम कामतको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । यस्तै, उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा

    धरान । तिहारको तेस्रो दिन दिन आज कार्तिक कृष्ण औँसी, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ। आजको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २ गोलले पराजित

    नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २-० ले पराजित हुँदै बंगलादेशसँग ५ वर्षपछि हार बेहोर्न बाध्य भयो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १(० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । बंगलादेशले दुवै हाफमा १-१ गोल गरेको थियो । नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको सुरक्षा योजना सफल बन्दै

    इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन संगै सफलता पाएको छ । बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्यक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहर

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,224 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसपिको खास मान्छे भन्दै थर्काएर रकम असुल्ने नाइके पक्राउ

    इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वसाधरणहरूलाइ एसपी थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेको हो । गुप्ताले सुनसरीको इनरूवा , भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । एसपीको नाम गरेर र प्रहरी

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजदेखि तिहार सुरु, आज काग तिहार मनाइँदै

    धरान । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आज कार्तिक गते २८ गते शुक्रबार काग तिहार , कार्तिक २९ गते शनिवार कुकुर तिहार,लक्ष्मीपूजा कार्तिक ३० गते आइतबार गाईपूजा,महपूजा अर्थात आत्मपूजा , एवम् तिहारको अन्तिम दिन मंसिर १ गते सोमबार गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप १सय८९ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर/  प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोश

    • प्रकाशित मितिः कार्तिक २७, २०७७
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी यातायातको बेथिति : राजस्व काउण्टर बन्द हुदा सवारी धनिहरू मार्कामा ,जरिवाना तिराए आन्दोलन गर्ने चेतावनी

    इटहरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरी गत अशोज २१ गते कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणकालागि पुगे तर सर्वर नभएकोले भोलि आउन गरिएको आग्रह अनुसार उनि पुनःभोली पल्ट कार्यालय खुलिसकेपछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन । उनले राजस्व बुझाउने बिषयमा गत कार्तिक ९ गते पुन कार्यालको राजस्व फाटमा गएर बुझे त्यो दिन पनि नेटमा समस्या देखिएको भन्दै कर्मचारीले फर्काए । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी एकछिन झस्किए । एक त लापरवाहिले पैसा तिर्न आएका सेवाग्राहिलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्छ भनेपछि गिरीको

    • प्रकाशित मितिः कार्तिक २७, २०७७
    • 1,349 पटक पढिएको
    • "तेजबहादुर बन "
  • योद्धा पिकअपमा २६ बोरा चिनि बरामद

    धरान । भारतबाट भन्सार छली गरि ल्याएको २६ बोरो चिनि सहित इलाका प्रहरी कार्यालय पकलीको टोलिले एक टाटाको पिकअप फेला पारेको छ । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का रोकी राखेको अवश्थामा प्रदेश ३–०१–०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअपमा चेकजाँच गर्दा २६ बोरा चिनी फेला पारेको छ । चिनि भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको हुन सक्ने आशंका गरिएको छ । कुल १ हजार २ सय ९० किलोग्राम चिनि र पिकअप पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिकअपको १५ लाख रुपैया र चिनिको ६४ हजार ५ सय रुपैया अनुमान गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धुकोश

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved