आजदेखि तिहार सुरु, आज काग तिहार मनाइँदै

  • कार्तिक २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु भएको छ ।

तिहारको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आज कार्तिक गते २८ गते शुक्रबार काग तिहार , कार्तिक २९ गते शनिवार कुकुर तिहार,लक्ष्मीपूजा कार्तिक ३० गते आइतबार गाईपूजा,महपूजा अर्थात आत्मपूजा , एवम् तिहारको अन्तिम दिन मंसिर १ गते सोमबार गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४१ प्रवेश , भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

धार्मिक मान्यता अनुसार यमराजले पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

 आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
तिहारको अन्तिम दिन मंसिर १ गते मङ्गलबारका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । ।

यस वर्ष मंसिर १ गते मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ निर्णयक समितिले जनाएको छ । भाईटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि ११ बजेर ३७ मिनेटको साइत शुभ रहेको समितिले बताएको छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved