सुनसरीको सुरक्षा योजना सफल बन्दै

  • कार्तिक २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन संगै सफलता पाएको छ ।

बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्यक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो ।

घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् ।

गत असोज २९ गते राती सुनसरीको ईटहरी उपमहानगरपालिका(१२ खनार बस्ने पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।

कार फेला परे संगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये प्रदिप चौधरीलाई कार्तिक २२ गते राती पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य समानहरु मोवायल, बिभिन्न बैकका कार्डहरु सहित ईटहरी(१२ बाट पक्राउ गरिएको थियो ।

निजलाई पक्राउ गरिएसंगै घटनामा संग्लग्न रहेका अन्य ३ जनालाई समेत पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।यसैबिच इलाका प्रहरी कार्यालय इटहरीले दशैको बेला जुवाजन्य खेल खेल्ने समुहलाइ एकलाख बढी रकम सहित नियन्त्रणमा लिन सफल भएको छ । इटहरी उपमहानगरपालिका ९ स्थित गोल्डेन चौकमा रहेको राइन फर्निचर उद्योगभित्र जुवा खेलिरहेको अवस्थामा ७ जनालाइ नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा इटहरी १३ बस्ने ६० वर्षीय मझेफर तसन मियाँ, सुनसरीकै दुहबी ९ बस्ने ३४ वर्षीय मोहम्मद सामुदिन आलम, दुहबी ८ बस्ने २६ वर्षीय हासिम हुसेन, दुहबी ९ बस्ने ३८ वर्षीय नैमुदिन मियाँ, दुहबी ८ बस्ने ४२ वर्षीय नुर मोहम्मद,दुहबी ९ बस्ने ३७ वर्षीय महमद मिया र सुनसरीकै इनरुवा ७ बस्ने ५० वर्षीय महमद इनुस रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले एक लाख ४१ हजार सात सय २५ रुपैयाँ नगदसहित दुई ४८ हजार रुपैयाँ बराबरका विभिन्न बैँकको नाममा रहेका चेक र एक सय ६० थान तास बरामद गरेको थियो । पक्राउ परेका सबै अभियुक्तहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत् म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved