इटहरी यातायातको बेथिति : राजस्व काउण्टर बन्द हुदा सवारी धनिहरू मार्कामा ,जरिवाना तिराए आन्दोलन गर्ने चेतावनी

  • कार्तिक २७, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरी गत अशोज २१ गते कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणकालागि पुगे तर सर्वर नभएकोले भोलि आउन गरिएको आग्रह अनुसार उनि पुनःभोली पल्ट कार्यालय खुलिसकेपछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन ।

उनले राजस्व बुझाउने बिषयमा गत कार्तिक ९ गते पुन कार्यालको राजस्व फाटमा गएर बुझे त्यो दिन पनि नेटमा समस्या देखिएको भन्दै कर्मचारीले फर्काए । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी एकछिन झस्किए । एक त लापरवाहिले पैसा तिर्न आएका सेवाग्राहिलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्छ भनेपछि गिरीको ति कर्मचारीसंग केहि समय चर्काचर्कि समेत भएको सुनाउछन । गिरिले प्रदेश १ –०२००२ ह नम्बरको तिन चक्के अटो प्रयोग गर्दै आएका छन । यि घटनाका गिरी एक उदहारण मात्र हुन । याथायात ब्यवस्था कार्यालय इटहरीमा हाल यस्ता बेथिति दैनिक रूपमा देख्न पाइन्छ ।

बिभिन्न रूटमा सञ्चालन हुने निजी सवारी साधनहरूको वार्षक कर तथा आवस्यकिय कागजातहरूको नविकरणका लागि राजस्व बुझाउन आएका सेवाग्राहिहरू यातायात कार्यालयको बेथितिका कारण प्रत्यक्ष मार्कामा परेका छन । कहिले इन्टरनेट सुविधा नहुने , कहिले सरकारी बिदा त कहिले बिविध कारण देखाउदै राजस्व काउण्रटर बन्दको बन्द रहेपछि टाढाबाट राजस्व बुझाउन आएका सेवा ग्राहिहरू तथा सवारीधनिहरू मार्कामा परेका हुन ।

समय रहदै राजस्व बुझाउन आउदा सवारीधनिहरूलाइ बिभिन्न बहाना बनाउदै कर्मचारीले त्यतिकै फर्काउने गरेका छन भने उल्टै सेवै नदिइ जरिवाना समेत तिराउने गरेका छन । धनकुटाको मुगाबाट आफ्नो मोटरसाइकलको आवस्यकिय कागजातको राजस्व बुझाउन इटहरीस्थित यातायात कार्यालय आइपुगेका सन्तोष घिमिरे गत कार्तिक ७ गते त्यतिकै फर्किनुपरेको सुनाउछन ।

पुन कार्तिक २१ गते यातायात कार्यालयमै भेटिएका उनले दोश्रो पटक पनि राजस्व बुझाउन नपाएको गुनासो गरे । कार्यालयले जडान गरेको इन्टरनेट स्लो भएको भन्दै राजस्व बुझाउन नपाएको उनले गुनासो पोखे । एक त लामो दुरी त्यसमा पनि समय रहदै सेवा नपाएपछि उनि कार्यालयको सेवाप्रति आक्रोश ब्यक्त गर्न बाध्य भए ।

यता साना तथा ठुला सवारीसाधनहरूको कर बुझाउन आएका सेवाग्राहिहरूको गुनासो पनि उस्तै रहेको छ । कर बुझाउने समय कार्तिक मसान्त सम्म रहेपनि कार्यालयले सेवा प्रदान गर्न नसक्दा सेवाग्राहिहरू अहिले दोहोरो मारमा परेका छन । समय रहदै सेवा लिन आएका सेवाग्राहिहरूलाइ सेवा नदिने अनि सकिएपछि जरिवाना तिराउने कार्यालयको पाराले सर्वसाधरण सवारीधनीहरू प्रत्यक्ष मार्कामा परेका हुन ।

 हाल यातायात कार्यालयले सेवा नदिइकनै कार्तिक २६ गते अर्काे सुचना जारी गरेको छ । उक्त सुचनामा ख्च्क् को सर्भर नचलेकोले कार्तिक २४ र २५ गते बैंक दाखिला भएका भौचरहरूको ख्च्क् रसिद कार्तिक २७ र २८ गते काटनुपर्ने भएकोले सो दिनहरू पनि कार्यालयको राजस्व काउण्टर बन्द रहने भनिएको छ । यता सवारीधनिहरूले भने समय रहदै राजस्व बुझाउन आउदा सेवा नदिने तर समय सकिएपछि जरिवाना तिराए आन्दोलन गर्ने चेतावनि दिदै आएका छन । यस बिषयमा कोशि अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख हरिप्रसाद लामिछाने संग सम्पर्क गर्दा उनले कार्यालयको काम ढिलासुस्ति भएको स्विकार गर्दै माथिल्लो निकायबाटै सर्वर खराब भएको जानकारी आफुले पाएकोले सेवाग्राहिहरूले पाएको असुविधा प्रति क्षमायाचना गरे । साथै अब केहि दिन भित्रै समस्याको सामधान हुने आस्वासन समेत ब्यक्त गरे ।

 

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved