प्रदेश १ मा आज थप १सय८९ जनामा कोरोना संक्रमण पुष्टि

  • कार्तिक २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ७० पुगेको छ ।

प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २–२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोबेल अस्पताल र वि. जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ४१८ पुगेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved