एसपिको खास मान्छे भन्दै थर्काएर रकम असुल्ने नाइके पक्राउ

  • कार्तिक २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वसाधरणहरूलाइ एसपी थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेको हो ।

गुप्ताले सुनसरीको इनरूवा , भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।

एसपीको नाम गरेर र प्रहरीको बिशेष घुमुवा रहेको भन्दै गुप्ताले इनरूवाका एक ब्यवसायिबाट पेट्रोल समेत मागेको खुल्न आएको छ । प्रहरीको नाम गरेर रकम असुल्न कोशि गाउपालीका अन्तरगत एक ब्यवसायिकोमा पुग्दा शंका लागि केरकार गर्दै जादा ठगि गर्ने ब्याक्ति रहेको पत्तो पाएपछि स्थानीयले तत्काल नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका थिए ।

पक्राउ परेका गुप्तालाइ हिरासतमा राखेर प्रहरीको नाम गरेर को कोबाट के कति रकम तथा सामग्रिहरू असुल गरेको हो भन्ने बिषयमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved