समाचार

    Showing 8,111-8,120 of 8,718 items.
  • पुनः श्रम स्वीकृति लिन युवाहरुको भिड

    सुनसरी । वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति खुल्ला भए पछि नेपाली युवाहरु विदेश फर्कनका लागि श्रम स्वीकृति लिनेको भिड लाग्न थालेका छन् । कडाउनका कारण विदेश फर्कन नपाएका नेपालीहरुलाई पुनः श्रम स्वीकृति प्रदान गरि वैदेशिक रोजगारीमा जान बाटो खुले पछि श्रम स्वीकृति लिनेको पनि भिड लाग्न थालेको छ । सरकारले बिदामा आएका, भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार सम्म १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार युएइका लागि १ सय ९२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने, जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कत

    • प्रकाशित मितिः असार २३, २०७७
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाम चलेका लागुऔषधको विकल्प खोजिदै

    धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ । औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट

    • प्रकाशित मितिः असार २३, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २०४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १६ हजार १ सय ६८

    आज थप २०४  जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४  जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  ६८८  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७४९९   जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २३, २०७७
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्फा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पोजिटिभ

     धरान । वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा रहेका धरानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । दिल्लीबाट आएकी धरान ३ की एक महिला र कतारबाट आएका धरान १९ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आए पछि उनीहरुलाई घर पठाइएको मेहताले बताए ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्टी बिभाजन रोक्न पदको आहुती दिन नेताहरू तयार हुनुपर्यो – युवा नेता रिजाल

    इटहरी । नेकपाका युवा नेता राम प्रसाद रिजालले अब पनि पार्टि बिभाजन भए देश उल्टो दिशामा चल्ने बताएका छन । गृह जिल्ला सुनसरी आइपुगेका नेकपाका युवा नेता रिजालले इटहरीमा सञ्चारकर्मिहरू संग कुरा गर्दै अहिलेको वर्तमान अवस्थामा पार्टि बिभाजन हुन नहुने औल्याउदै केहि कारणवस पार्टी बिभाजन भइहाले मुलुकले नै हार्ने बताएका हुन । उनले पार्टी बिभाजन रोक्न पदको आहुति दिन नेताहरू तयार हुनुपर्ने समेत बताएका हुन । युवा नेता रिजालले फुट्न र विभाजन हुन् एमाले र माओवादी मिलेर नेकपा बनेको नभएकोले पार्टी एकता जोगाउन आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने उनले बताए । नेकपा बलियो नभई ठुलो

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,213 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुडीतालमा पौडी खेल्दा डुबेर मृत्यु

    विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ जुडितालमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १७ वर्षीया सिसम राईको तालमा डुबेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा राई डुबेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ । यता, सुनसरीको भोक्राहा नरसिंह ८ बाट लागुऔषधसहित स्थानीय २२ वर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरबाट ड्राइभिङ लाइसेन्स दिन प्रदेश सरकारको ध्यानाकर्षण

    विराटनगर । नेकपाकी अम्बिका थापाले सवारी चालक अनुमति पत्र उदयपुरबाटै दिने व्यवस्था गरिदिन प्रदेश १ सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै थापाले भनिन्,“यातायात कार्यालय खोलेर केही व्यवस्था राम्रो पनि भएको छ । तर, जब सवारी अनुमती पत्र लिन २ नम्बर प्रदेशमा जानु पर्ने बाध्यता छ । प्रदेशलाई आउने राजश्वसमेत उतै गईरहेको छ ।” उनले उदयपुरमा जग्गा पनि हेरिएकोले ट्रयाल गर्ने ठाउँको व्यवस्था प्रदेश सरकारले गरिदिनु पर्ने माग गरिन । स्मार्ट लाइसेन्स संघीय सरकारले दिने गरेको र यसलाई प्रदेशमा पनि व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन । नेकपाका सांसद उत्तमकु

    • प्रकाशित मितिः असार २३, २०७७
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक (भिडियो सहित)

     धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ । गीतको अडियो केहि समय अ

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,554 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • किर्ते कागजात बनाएर भारतिय नागरिकलाइ नागरिकता दिने झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान

    झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको

    • प्रकाशित मितिः असार २३, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र

    धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ । ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् । पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम

    • प्रकाशित मितिः असार २३, २०७७
    • 955 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved