समाचार

    Showing 8,111-8,120 of 10,050 items.
  • ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का तीन मन्त्रीले दिए सामुहिक राजिनामा

    विराटनगर । प्रदेश १ सरकारका तीन जना मन्त्रीले एकसाथ राजिनामा दिएका छन । बदलिएको राजनीतिक परिवेशमा प्रतिनिधि सभा विघटन जस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै आइतबार राजिनामा दिएका हुन । उनीहरू नेकपा दाहाल-नेपाल समूहका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन । हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । प्रदेशसभामा दाहाल- नेपाल समूहलेआज मुख्यमन्त्री राईविरुद्ध  अविश्

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,212 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने निर्णय

    धरान/ प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाईएको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो । आगामी माघ ७ गते हिउँदे अधिवेशन शुरु गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।बैठकले भौतिक पुर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको कार्कीले बताए । मुख्यमन्त्री शेरधन राई विरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानका पाँचसय सेक्युरिटी मजदुर अन्यायमा’

    ‘रातभरि सुरक्षा दिनुपर्छ, ठेक्दारलाई सल्युट गर्नुपर्छ, तर त्यसवापत् के पाउने ? ... सेक्युरिटीको त इज्जतै छैन ।’ ‘आफ्नै देशमा, आफ्नै घर, मुलुकमा विभेद भोग्नु परेको छ, न विदाको पैसा छ, न छुट्टी छ, न संचय कोषको भर छ ।’‘सेक्युरिटी कम्पनीलाई टेबलमा राखेर मजदुरले पाउने सेवा सुविधा पाउनुपर्छ, संचय कोष पाउनु पर्छ भन्यौं, ठाडै दिन सक्दिन भन्छन् ।’‘धरानमै कार्यालय भएका लोकल सेक्युरिटी कम्पनीबाट झनै ठूलो शोषणमा परेका छन्, सेक्युरिटी मजदुर ।’ शनिबार एउटा अनौपचारिक भेलामा सेक्युरिटी मजदुरहरुले आफूहरु पीडित भएको फेहरिस्त सुनाए । न्यायिक रुपमा सेवा सुविधा प्रा

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा सांसदहरु प्रदेशसभा पुगे

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा दाहाल(नेपाल समूहका सांसद प्रदेश सभा सचिवालय पुगेका छन । संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा सांसदको टोली प्रदेश सभा पुगेको हो । नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा सांसद लछुमन तिवारी छन ।

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,306 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ताको तयारी

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले घनीभूत छलफल तयारी थालेको छ । आईतबार नै यस्तो प्रस्ताब प्रदेशसभामा दर्ता हुन सक्ने तयारी भएको छ । प्रदेश १ को सरकार विरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसंग छलफल गर्न आफू काठमाडौमै रहेको जानकारी दिंदै नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले भने, “साथीहरुको हस्ताक्षर संकलन गरिसक्नु भएको पनि सत्य हो तयारी भईसकेको छ ।” आचार्यले पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरुले चल्ने भएकोले प्रदेश १ सरकारविर

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 864 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ सरकारको उल्टो दिनगन्ती शुरु: कांग्रेसको समर्थनमा मात्र नयाँ सरकार गठन हुने

    विराटनगर । संसद विघटनपछि सत्तारुढ नेकपा विभाजनको बाटोतर्फ अग्रसर भएसंगै प्रदेश १ सरकार ढल्न उल्टो दिनगन्ती शुरु भईसकेको छ । तर बदलिंदो परिस्थितिबीच नयाँ सरकार गठन भए त्यसलाई राष्ट्रपतिले अपदस्थ गर्न सक्ने त्रास र आशंका प्रदेश सांसदहरुले गर्न थालेका छन । यो प्रदेशमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री शेरधन राईले सरकारको नेतृत्व गरिरहेका छन । पार्टी एकीकरणसंगै सामान्य वहुमतभन्दा धेरै सांसद सदस्यसहित गठन भएको प्रदेश सरकार केन्द्रमा उत्पन्न राजनीतिक परिस्थिति र पार्टी विभाजनसंगै आज हो कि भोलि ढल्ने स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । नयाँ सरकार गठन गर्न नेकपाका दुबै समूह अग्रसर हुँदा उनी

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 823 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा बाड्ने बाटो खुल्यो

    सुनसरी । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने बाटो खुलेको छ । सरकारले भूमि सम्बन्धी नियमावली जारी गरेपछि आवास र कृषि प्रयोजनका लागि जग्गा वितरण सहज भएको हो । भूमि सम्बन्धि नियमावली हालै मन्त्रिपरिषद्बरा स्विकृत गरेको छ । नियमावलीले भूमिहिन दलित र सुकुम्बासीलाई बढिमा ५ दशमलव ९३ कठ्ठा (२ हजार वर्गमिटर) जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । उपत्यका र सहरी क्षेत्रको हकमा १ सय ३० वर्गमिटर जग्गा दिने व्यवस्था गरिएको छ । एक पटकको लागि भूमिहिन दलित, सुकुम्बासीलाई आवास र कृषि जमिनको व्यवस्था नियमावलीले गरेको छ । आवासका लागि काठमाडौं र शहरीक्षेत्रमा १ सय ३० वर्गमिटर र अन्य क्

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोक्ता समितिको शतप्रतिशत लागतमा धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडक निर्माण हुने

    धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् ।  उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् । धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् । सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचार वृद्धिको मुख्य कारण कर्मचारी

    धरान । भ्रष्टाचार सार्वजनिक सेवा प्रवाह र सुशासनमा गम्भीर चुनौतीको रुपमा रहेको छ । भ्रष्टाचारले देशको सुशासन, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा समेत प्रभाव पारिरहेको छ । भ्रष्टाचारको वृद्धि हुनुमा मुख्य कारण सार्वजनिक सेवामा रहेका कर्मचारीहरुनै रहेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचार नियन्त्रण गर्न राज्यले स्थापना गरेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहेका अधिकृततह देखि मुनिका कर्मचारीहरुबाट सबै भन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्यांक देखाएको छ । आयोगले विहिबार राष्ट्रपती कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा बढी भ्रष्टाचार सहायक तथ

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved