समाचार

    Showing 8,081-8,090 of 8,718 items.
  • मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकटे क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले कमै रोप्ने ५ वटा अत्याधुनिक मेसिन सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ । परम्परागत कृषि खेती प्रण

    • प्रकाशित मितिः असार २७, २०७७
    • 991 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • विपीबाट आज थप १० जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना डिस्चार्ज भएका छन् । उनीहरु ४देखि  ४७ बर्ष  सम्मका व्यक्तिहरु झापाका १० जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ३ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १०, १७१८, र २२ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३५  जना उपचाररत छन् भने २२७  जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,१६४    पिसि आर परिक्षण गरिएको छ ।&nb

    • प्रकाशित मितिः असार २६, २०७७
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरको बेरुजुको मुद्दाले बिथलियो कार्यपालिका बैठक 

    धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् ।  असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा  जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप

    • प्रकाशित मितिः असार २६, २०७७
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको संख्या १६ हजार ६ सय ४९

    आज थप ११८ जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ६ सय ४९  पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११८ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  १२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ८ हजार ११ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २६, २०७७
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाडको दुखाई – समस्या र समाधान

    मेरुदण्डको संरचना (Vertebral Column)  मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ :  गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई , ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ । इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई (Height) बढाउन मदत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई क

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,350 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वाणिज्य भवनको पहिलो तला ढलान हुने

    पथरी / उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेको निर्माणाधीन भवनको कार्य तीब्रतर ढंगले अघि बढेको छ । स्थानीय व्यापारी–व्यवसायी, उद्योगी–उद्यमी र सरकारको बेलाबेलामा प्राप्त सहयोगबाट सम्पन्न यो भवनको पहिलो तला छत ढलान कार्य यहीँ असार २९ गते सोमबारका दिन हुने भएकोले सोहीअनुसार तयारी कार्य अघि बढेको भवन निर्माण उपसमितिका संयोजक यादवचन्द्र दुलालले उजागर अनलाइनलाई बताउनुभएको छ । सरस्वती गेस्ट हाउस, मन्दिर लाइनमा चल्दै आएको उद्योग वाणिज्य संघको कार्यालय भवनको विकल्पका रूपमा संघको अध्यक्षमा निर्वाचित भएलगत्तै स्थानीय स्तरमा सफल व्यापारी व्यवसायी व्यक्तित्व दीपक बस्नेतले आफ्नो कार्यकालमा वाणिज्य

    • प्रकाशित मितिः असार २६, २०७७
    • 536 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • निरन्तरको बर्षा ले सप्तकोशी को बहाव बढदै

     धरान/  बिहिबार देखि परेको निरन्तर को वर्षाले सप्तकोशी नदिको बहाव बढदै गएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार सुक्रबार बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । यस बर्ष कै उच्च मापन गरियको छ । यसअघि असार १२ गते पनि कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ । कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकहरुलाई अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ । नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफुलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफुल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउन सहयोग पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोकाडोको १ हजार ८ सय, आँपको १ हजार ३ सय, लिचिको १ हजार, सुन्तलाको १ हजार र किबीको ६ सय बिरुवा अनुदानमा वितरण गरिएको छ । त्यस्तैगरी ड्रागनफलका ३ सय बिरुवा निःशुल्क वितरण गरिएको छ । नगरपालिकाले रामेछाप र धनकु

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,210 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • आइतबार देखि छोटो दुरीका सवारी साधन चल्ने

    काठमाडौं । सरकारले कोरोना महामारी र लकडाउनसँगै बन्द भएका सार्वजनिक यातायात आइतबारदेखि चल्न दिने भएको छ । संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सुरक्षाको उपाय अपनाउदै सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदकोे बिहीबार बसेको बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेको छ । सवारी साधनले यात्रु क्षमताको पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय बैठकले गरेको छ । सवारी साधनको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्ने प्रवक्ता युवराज खतिवडाले बताए । सरकारका प्

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगर तरहरा मोनोरेल सञ्चालन , लकडाउनका कारण काम रोकिएपछि योजनै अलपत्र

    इटहरी । ६ लेन सडक बिस्तार संगै चर्चा चलेको इटहरी बिराटनगर मोनोरेल सञ्चालनका काम लक डाउनको कारण त्यतिकआझेलमा परेको छ । डिपिआरको काम सकेर इटहरी उपमहानगर लगायत सम्बन्धित निकायहरूको अनुमति समेत पाइसकेको मोनोरेलको काम लक डाउन भएसंगै ओझेलमा परेको हो । बिराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मनोरेल कुदाउने तयारी थालेको थियो । रेल सञ्चालनको लागि रू ३० अर्ब बजेट समेत बिनियोजन गरिएको थीयो । छिमेकी राष्ट्रहरू जापान र भारतको लगानीमा सञ्चालन हुने भनिएको मोनोरेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भनिएको थीयो । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुदै

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved