विक्रि पछिको सर्भिसमा जोड दिँदै मोटरहेड

  • पुष १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपालीहरुको दुई पाङ्ग्रे सवारीको रोजाइमा पर्दै आएको मोटरहेड कम्पनीको बाइकले नेपाली बजार क्षेत्रमा छुट्टै ब्राण्ड स्थापना गरेको छ ।

कम्पनीहरुले वित्रीपछिको सेवालाई प्राथिमकता नदिदा उपभक्ताहरुले सास्ती खेपीरहेका अबस्थामा मोटरहेड कम्पनीले वित्री पछिको सेवालाई पनि उच्च प्राथिमकतामा राखेर सेवा दिदै आइरहेको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेडले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएकोे जनाएको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्ज्वल जोशीले उपत्यकाभित्रका ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको बताए ।

उनका अनुसार अहिले ललितपुरको धोविघाट, काठमाडौंको बालाजू र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरिसकिएको छ भने कम्पनीले निकट समयमै चावहिल मित्रपार्कमा पनि सुविधा सम्पन्न सर्भिस सेन्टर खोल्ने भएको छ ।
कम्पनीले दक्ष मेकानिक तथा सर्भिस इन्जिनियरको टिमबाट मोटरहेड बाइकहरुलाई सर्भिसिङ सेवा दिइरहेको र मोटरहेडका ग्राहकलाई बिक्री पछि स्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा कम्पनी सफल भएको जोशीको दाबी छ ।

मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलहरु नेपाली बजारमा उपलब्ध छन् ।

२ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु छन् । मोटरहेडका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् ।

डिलरहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, मित्रपार्क, बनेपा लगायतमा रहेका छन् ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved