राजनितिक अस्थिरता बढ्दै : पर्यटन व्यवसाय पनि प्रभावित

  • पुष १६, २०७७
  • संजोगबाबु दाहाल
alt भेडेटार घुम्दै अन्तरीक पर्यटकहरु : फाईल फोटो

धरान । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिती घोषणा भएपछिको राजनितिक अस्थीरताले देशकै अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ ।

कोरोनाको कहरबाट भर्खरै उठ्न लागेको पर्यटन व्यवसाय पनि त्यसबाट अछुतो रहेन् । राजनितिक अस्थिरता बढे सँगै पर्यटन व्यवसाय धर्मराउने भन्ने चिन्तामा पर्यटनकर्मीहरु रहेका छन् ।
सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको वर्षको शुरुदेखि नै कोरोनाभाइरस संक्रमणका कारण पर्यटन व्यवसायीले ठुलो क्षति बेहोर्नुपरेको थियो ।

पछिल्लो समय कोरोनाको त्रास कम हुँदै गए पछि पर्यटकहरु भित्रिने अपेक्षा गरेको व्यवसायीहरु अहिले राजनितिक तरलताले थप समस्यामा परेका छन् । देशको दोस्रो आर्थिक आर्जनको पाटो बनेको पर्यटन क्षेत्र विगत देखिनै समस्या झेल्दै आएको छ । विशेष गरि राजनितिक तरलताको प्रमुख मार पर्यटन व्यवसायीहरुमै परेको छ ।

देशमा भएका विभिन्न राजनितिक आन्दोलन देखि सन् २०१५ को महाभूकम्प, भारतीय नाकाबन्दी तथा सगरमाथमा गएको हिमपहिरो देखि नोभेल कोरोना भाइरस लगायतका समस्याहरुले पर्यटन व्यवसाय फस्टाउन सकेको छैन् ।

नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ । साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको छ भने अप्रत्यक्ष समेत गरी ११ लाख मानिस आश्रित रहेको पर्यटन व्यवसायी लगभग धराशायी बनिरहेको छ ।

कोरोनाको त्रास पछि केही राहत महशुष गरेका पर्यटन व्यवसायीहरु पछिल्लो समय देशको राजनितिक खिचातानीको मारमा परेको छ ।
लकडाउनको कारण लामो समय बन्द भएको पर्यटन व्यवसाय चलायमान हुँनै लाग्दा देशको राजनितिकद्वन्दका कारण फेरी संकटमा पर्ने हो कि भन्ने शंका उब्जन थालेको छ । राजनितिकद्वन्दका कारण एक दिन मात्रै बन्द हड्ताल हुने हो भने ७ दिन सम्म त्यसको प्रभाव रहने पर्यटन व्यवसायी बासुदेव बराल बताउँछन् ।

उनले भने, ‘विगत ४÷५ वर्ष देखि व्यवसायहरु स्थिर भएर सञ्चालन भइरहेको अबस्था थियो, तर अहिले शुरु भएको राजनितिकद्वन्दका कराण भुमिगत भएको शक्तिले आफ्नो टाउको उठाउने मौका पाउँछ, त्यसले आफ्नो टाउको उठाउने मौका पायो भने हामी सबै अर्थिकरुपमा डुब्छौं, पर्यटन क्षेत्र डुब्छ ।’

विगत तीन दशकको औसत पर्यटक बसाइ अवधि हेर्ने हो भने ८ देखि १४ दिनबाट नाघ्नै सकेको देखिँदैन । यस्तै प्रति पर्यटक प्रति दिनखर्च पनि ५४ अमेरिकी डलर भन्दा मुनि नै छ । पर्यटन क्षेत्रबाट हुने आय बढेर गए पनि प्रति पर्यटक बसाइ अवधि र प्रति पर्यटक खर्च घट्दै गइरहेको छ ।
तत्कालिन माओवादी जनयुद्ध चरमचुलीमा पुगेको बेला २००१ मा करिब ३ लाख ६१ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । राजनीतिक उथलपुथल सँगैको अस्थिरताका कारण सन् २००२ मा पर्यटक संख्या २ लाख ७५ हजारमा झरेको थियो ।

त्यसपछि पर्यटक आगमन पुनर्बहाली हुँदै गई राजनीतिक परिवर्तन पछि सन् २००७ मा ५ लाख २६ हजार पुगेको देखिन्छ ।
यता प्रदेश पर्यटन समितिको संयोजक समेत रहेका पर्यटनविज्ञ सञ्चारकर्मी बिराट अनुपम भने यस्तो खालको द्वन्दले पर्यटन क्षेत्रलाई खासै प्रभाव नपार्ने बताउँछन् ।

उनले भने, ‘विगतमा माओवादी आन्दोलनको क्रममा पनि जबसम्म पर्यटकहरु नलुटिदैन थिए तब सम्म भ्रमण गरेकै थिए, त्यसैले यस्तो राजनितिकद्वन्दले खासै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन् ।’
कोभिडको त्रास अभै कायमै रहेकाले यसले चै प्रभाव पार्न सक्ने उनको भनाई छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिन थालेकाले यसले चै प्रभाव पार्ने उनको आकलन छ ।

उनले भने, अहिलेको यस्तो राजनितिक खिचातानिले योगेश भट्टराई मन्त्री हुँदा पर्यटन दशक मनाउने भनेर अघि सारेको योजना चै अलपत्र हुने हो कि भन्ने मात्रै हो ।’

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved