समाचार

    Showing 8,071-8,080 of 10,050 items.
  • वीपीमै हुन्छ, थाइमस ग्रन्थी सहित मुटु, फोक्सोको शल्यक्रिया

    धरान । मुटु तथा फोक्सो सम्बन्धीका रोगहरु लगायत थाइमस ग्रन्थीको शल्यक्रिया गर्नु परे काठमाण्डौं जाने गर्दछौं । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै शल्यक्रियाको सुविधा हुँदा हुँदै पनि जानकारी नहुँदा बिरामीहरु काठमाण्डौं लगायत भारत जाने गरेका छन् । विगत ५ वर्ष देखि प्रतिष्ठानमा ओपन हर्ट सर्जरी, बाथ मुटु रोगको भल्व फेर्ने लगायत फोक्सोको अप्रेसन समेत हुने गरेको छ । प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेश जैसवालको नेतृत्वमा सेवा विगत ५ वर्ष दखि संचालन रहेको छ । तर बिरामीहरुलाई जानकारी नहुँदा काठमाण्डौं, भारत पुग्ने गरेको पाइएको छ । डा. जैसवालका अनुसार ५ व

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,374 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिप्ने समयमा सुन्तला कुहिएर झरेपछि फिदिमका कृषक मर्कामा

    पाँचथर । पाकेर विक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् ।सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करीब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो । हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनले स्थगित फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारी

    धरान । फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरि धरानमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रले वैशाख देखि परिक्षण गर्ने भएको थियो तर कोरोनाको कारण घोषणा गरिएको लकडाउनमा बन्द रहेको थियो । निर्माणको अन्तिम चरणमा पुगेको फोहोर प्रशोधन केन्द्र लकडाउनका कारण स्थगित हुँदा एकातिर आर्थिक भार थपिएको छ भने अर्को तिर परियोजना सम्पन्न गर्न समय समेत लम्बिएको छ । लकडाउनका समयमा भारतबाट ल्याइएका मजदुरहरुलाई होटलमा राख्नुपर्दा आर्थिक व्ययभार बढेको परियोजनाका इन्जिनियर विवेक अग्रवाल बताउँछन् । वैशाख १ गते देखि शुरु गर्ने गरि परिक्षणको काम समेत सम्पन्न भएकाले लामो समयको लकडाउनका कारण बन्द हुँदा पुनः परिक्षण गर्द

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरीको मृत्युपछि बिराट मेडिकल अस्पतालमा आफन्तको प्रदर्शन

    सुनसरी । गत शनिबार दिउसो उपचारकालागि भर्ना गरिएकि इटहरी निवासी एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालमा आफन्तहरूले प्रदर्शन गरेका छन । सुनसरीको इटहरी वार्ड नं २ निवासी ३२ वर्षिया महिला गंगा दहालको उपचारको क्रममा मृत्यु भएपछि आइतबार दिउसो आफन्तहरूले अस्पताल परिषरमा प्रदर्शन गरेका हुन । शुक्रबार राती सम्म सकुशल रहेकि गंगाको शनिबार सुत्केरी बेथाले च्यापेपछि दिउसो उपचारको लागि बिराट मेडिकल कलेज टेक्निकल हस्पिटल भर्ना गरिएको थीयो । अस्पतालले उपचारमा गम्भिर लापर्वाहि गरेको कारण गंगाको मृत्यु भएको आफन्तहरूले बताएका छन । आफन्तहरूका अनुसार सिकारू डाक्टरले बच्

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,671 पटक पढिएको
    • "तेजबहादुर बन"
  • राजावादीहरूको इटहरीमा गोप्य भेला : राजसंस्था ब्युताउन सडक संघर्ष थाल्ने

    इटहरी । राष्ट्रिय राजनीति संकटमा परिरहेको बेला सनिबार सुनसरीको इटहरीमा राजावादीहरूले गोप्य भेला सम्पन्न गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आएकै बेला राजावादीहरूले इटहरीमा गोप्य भेला सम्पन्न गरेका हुन् । पूर्वमन्त्री तथा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम कुमार सुब्बाको आवासमा राजावादीहरूले शनिबार भावि राजनीतिबारे बिष्लेषण सहित मौकामा चौका हान्ने रणनीति तय गर्दै बिभिन्न कार्यक्रमहरू गर्ने भएका छन । भेलाले देशमा हिन्दु राष्ट्र स्थापना र राज संस्था जगाउन बिविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । गत मंसिर २० गते झापामा हजारौको संख्यामा उपस्थित भए

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिन्टापु सिगार्ने योजना बन्दै

    इलाम । देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुलाई सौन्दर्यीकरण गरीने भएको छ । सन्दकपुर गाउँपालिकाले छिन्टापुको सौन्दर्यीकरणको योजना निर्माण गर्न शुरु गरेको हो । जैविक विविधता तथा प्रकृति सौन्दर्यको संरक्षण गर्दै आगामी कामहरु कसरी गर्ने भन्ने मार्गचित्र सहितको योजना बनाउन लागेको र योजना बनेपछि योजनाकै आधारमा थप विकासका काम गर्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,479 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेवा च्यारिटी धरान १० के रन फागुनमा हुने, उत्कृष्ट १०० जना मात्र सहभागी गराउने

    धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ । स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालिमाटीमा सेक्ष एडभेन्चर पार्क निर्माण हुँदै

    धरान । कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन धरानका पर्यटन व्यवसायीहरुले करिब १० करोडको लगानीमा एडभेन्चर पार्क निर्माण थालेका छन् । विगत एक दशक देखि पर्यटन व्यवसायमा रहेको सेक्ष ट्राभलिङका संचालक बासुदेव बराल र एलिना मगरले धरान उपमहानगरपालिका वडा नं. २० स्थित कालिमाटीमा सुविधा सम्पन्न एडभेन्चर पार्क निर्माणको कार्य थालनी गरेका छन् । कोरोनाको कारण थलिएको पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउन एडभेन्चर पार्कमा लगानी गरिएको संचालक बरालले बताए । आन्तरिक तथा बाह्य पर्यटन र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा पार्क निर्माणको काम अघि बढेको छ । बरालका अनुसार नेपालमा नै पहिलो पटक दि

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 2,303 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङ। मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर  दिएको हो । बसको ठक्कर बाट घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय उर्लावारीले  नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपामा किचलो सचिवले बैठक बोलाइन, अध्यक्षले उपस्थित नहुन आग्रह गरे

    इलाम । नेकपा जिल्ला कमिटी इलामको पुर्ण बैठक बारेमा अध्यक्ष र सचिव बिच अन्तरबिरोध देखिएको छ । राष्ट्रिय राजनितिमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओली समुहबिच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो । प्रचण्ड निकट मानिने सचिव सोममाया राई सिन्धुले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पुर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष राम मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अनुरोध गरेका छन् । मगरद्धारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ‘ पुस १७ गतेका दिन बैठक भनेर भ्रामक ढंगले निमन्त्रणा गर

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 725 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved