समाचार

    Showing 8,071-8,080 of 8,718 items.
  • कसैलाई सप्तकोशी नदी पिडा, कसैलाई आम्दानीको स्रोत

    सुनसरी । कसैको लागी सप्तकोशी नदी पिडा र चिन्ता बनेको छ भने कसैलाई आम्दानीको स्रोत बनेको छ । वर्षा याम सुरु भएसँगै ज्यानको कुनै प्रवाह नगरि कोशीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न स्थानीयहरुलाई यतीवेला भ्याइनभ्याइ छ । घरमा आर्थिक अभावका कारण दाउरा संकलनका लागि कोशी ब्यारेज आसपासका स्थानीयहरु वर्षौ देखी जोखिम मोल्दै आएका छन । कोशी व्यारेजमा खोलिएका ढोकामाथि दैनिक उनीहरु लठ्ठीमा भाला उनेर आफैले बनाएको घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने गर्दछन् । बच्चै देखि कोशीमै हुर्किएकोले कुनै पनि डर नलाग्ने भन्दै दाउरा निकाल्ने काम व्यस्त हुने गरेको स्थानीय मिन्टु मण्डल बताउँछन् ।

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,553 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीमा दाउरा खोज्न जाँदा बराहक्षेत्रका एक बालक बेपत्ता

    धरान । सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रबाट बगाएर ल्याएको दाउरा निकाल्न नदी तटिय क्षेत्रका स्थानीयहरु ज्यानै जोखिममा लाउने गरेका छन् । केही दिन अघि देखि परेको वर्षाले सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रमा पहिरो जाँदा बगाएर ल्याएको दाउरा निकाल्न अहिले पनि होडबाजी नै चलिरहेको छ । यसै होडबाजीमा बराहक्षेत्र वडा नम्बर ७ का एक बालक आज ९आइतबार० सप्तकोशी नदीमा बेपत्ता भएका छन् । बुबा गंगा बस्नेत सँगै दाउरा निकाल्न वडा नम्बर ६ को जब्दी स्थित २ नम्बर नोन क्षेत्रमा दाउरा निकाल्ने क्रममा १४ वर्षिय बालक अनिल बस्नेत बेपत्ता भएका हुन् । बुबा साइकल लिन गएका बेला डिलमा बसिरहेको अनिलले बग्दै गरेको म

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,444 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दुले बगाएको बस्नेतको शव फेला

    धरान । निरन्तरको वर्षाको कारण सर्दु खोलामा आएको बाढीले बगाएका धरान १३ का एक स्थानीयको शव प्रहरीले फेला पारेको छ । शनिबार दिउँसो ३ बजे तिर धरान १३ को राई टोल पश्चिमबाट उनलाई बगाएको थियो । धरान १३ मै बसोबास गर्दै आएका भुपु सैनिक राम बहादुर बस्नेतको शव आइतबार बिहान फेला परेको हो । धरान ११ स्थित वनडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको ढुङगा, दाउरा संकलन गर्न जादाँ देखे पछि प्रहरीलाई खबर गरेका थिए । बगाएको स्थान भन्दा करिब ५ किलोमिटर उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । शवको पोष्टर्माटमका लागी प्रतिष्ठान पठाइएको उनले बताए ।

    • प्रकाशित मितिः असार २८, २०७७
    • 999 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप १२ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १२ जना डिस्चार्ज भएका छन् । उनीहरु २ वर्षको वालीका देखि४५ वर्ष सम्मका व्यक्तिहरु झापाका ८जना ,खोटाङका ३ जना,सुनसरीका १ जना गरी जम्मा १२ जना  आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला ८ जना र पुरुष ८ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार  ७ देखि १९  गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल पुरोनो २३ जना र नयाँ ५ जना गरी जम्मा २८ जना उपचाररत छन् भने २३९  जना निको भएर प्रतिष्ठानबाट डिस्चार

    • प्रकाशित मितिः असार २७, २०७७
    • 439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घरमा काम गर्दा मिस्त्रीको लडेर मृत्यु

    विराटनगर । झापाको दमक नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय आतादुल धोनियाको लडेर मृत्यु भएको छ । दमक ६ मा अवस्थित एक निर्माणाधनी घरमा मिस्त्री काम गर्दै आएका उनी दोस्रो तलामा लडेर बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरको फिनिसिङको काम गर्ने क्रममा एक्कासि लडेर बेहोस भएका थिए । उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार २७, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १३ जना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । ७ जना भने रोग ठिक भई घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा चार चार जना, मोरङमा तीन र झापामा दुई जनामा संक्रमण देखिएको हो । नयाँ संक्रमितमा सुनसरीको धरानका चार जना पुरुष, उदयपुरको बेलकाका चार जना पुरुष, मोरङको विराटनगरका दुई जना पुरुष, मोरङको सुन्दरहरंैचाका एक पुरुष र झापाको भद्रपुरका दुई जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । प्रदेश १ मा आजै ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका दुई दुई जना र सुनसरीका एक

    • प्रकाशित मितिः असार २७, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको संख्या १६ हजार ७ सय १९

    आज थप ७० जनामा संक्रमण  पुष्टि भएको छ ।   यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ७ सय १९  पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुष,सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुष,काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी०)अस्पतालमा ५४ वर्षीय पुरुष रहेका छन् ।  काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएकोछ ।  यो सँगै मृतकको संख्या ३८ &

    • प्रकाशित मितिः असार २७, २०७७
    • 569 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पच्चिस सयको लोभमा हत्या

    सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ । ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो । उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ससुरा रामदेव उराँव, सासु छव

    • प्रकाशित मितिः असार २७, २०७७
    • 977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्षा शुरु भए सँगै सुकुम्बासी बस्ती जोखिममा

    धरान । वर्षा शुरु भए सँगै खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गर्छन् । वर्षाले घर बगाउँला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीमो जोखिममा रहेका सुकुम्बासी बस्ती जोगाउने नारा अहिले सम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जिते पछि बस्ती जोगाउनका लागि तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन् । वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरु वर्षा लागे पछि रातभर जागै बस्नु पर्ने अवश्थामा छन् । वर्षौ देखि चुनावी नारा बन्ने गरेको बस्ती जोगाउने नारामै सिमित रहँदा सुकुम्बासी बस्ती वासीहरु सदैव जोखिममै रहने गरेका छन् ।

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एन्फा क्वारेन्टाइनमा बसेका ४ जना मा कोरोना पुष्टि

    धरान/  बैदेशिक रोजगार बाट फर्किएर क्वरेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितहरू धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३७ वर्षीय पुरुष बराइनबाट आएका हुन भने धरान ८ का २५ वर्षीय पुरुष र धरान ५ का २६ वर्षीय पुरुष साउदीबाट एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । बराइनबाट २२ गते र साउदीबाट २३ गते नेपाल आई पुगेका उनीहरू चतरामा रहेको होल्डीङ सेन्टर हुँदै धरान १७ को एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको

    • प्रकाशित मितिः असार २७, २०७७
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved