वीपीमै हुन्छ, थाइमस ग्रन्थी सहित मुटु, फोक्सोको शल्यक्रिया

  • पुस २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुटु तथा फोक्सो सम्बन्धीका रोगहरु लगायत थाइमस ग्रन्थीको शल्यक्रिया गर्नु परे काठमाण्डौं जाने गर्दछौं ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै शल्यक्रियाको सुविधा हुँदा हुँदै पनि जानकारी नहुँदा बिरामीहरु काठमाण्डौं लगायत भारत जाने गरेका छन् ।

विगत ५ वर्ष देखि प्रतिष्ठानमा ओपन हर्ट सर्जरी, बाथ मुटु रोगको भल्व फेर्ने लगायत फोक्सोको अप्रेसन समेत हुने गरेको छ । प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेश जैसवालको नेतृत्वमा सेवा विगत ५ वर्ष दखि संचालन रहेको छ ।

तर बिरामीहरुलाई जानकारी नहुँदा काठमाण्डौं, भारत पुग्ने गरेको पाइएको छ । डा. जैसवालका अनुसार ५ वर्षमा करिब ५ सय जनाको मुटु र फोक्सोको अप्रेशन गरिसकेको छ ।

उनले भने, ४ सय जनाको ओपन हर्ट सर्जरी गरिएको छ भने १ सय जति फोक्सोको अप्रेशन गरिएको छ, मुटु, फोक्सो, भास्कुलरको सबै अप्रेशन यही हुन्छ, त्यसको लागि काठमाण्डौं वा भारत जानु पर्दैन् ।’
उनका अनुसार ओपन हर्ट सर्जरी, वाथ मुटू रोगको भल्व फेर्ने, बच्चाहरुको मुटूको प्वाल टाल्ने लगायत फोक्सोको क्यान्सरको अप्रेशन पनि हुन्छ भने धमनीहरुको पनि अप्रेशन हुने गरेको छ ।

मृगौला फेल भएका विरामीलाई डाइलाइसिस गर्न आवश्यक पर्ने फिस्टुला पनि डा.जैसवालले नै बनाइदिने गरेका छन् । मुटु तथा फोक्सो वा धमनी सम्बन्धी कुनै पनि रोगको अप्रेशन गर्नु परे प्रतिष्ठानमै सहज हुने उनले बताए ।

उनले वीपीमा पहिलो पटक थाइमस ग्रन्थीमा भएको क्यान्सरको सफल शल्यक्रिया गरेका छन् । तेह्रथुम घर भएका ३५ वर्षिय एक युवाको थाइमसको क्यान्सर फैलिएर फोक्सो सम्म पुगेको थियो । डा. जैसवालको टिमले सफल शल्यक्रिया गरे पनि उनले नयाँ जीवन पाएका छन् ।

डेढ महिना देखि क्यान्सरकै कारण फोक्सो मुनि रहने डायफ्राम पनि प्यारालाइसिस भएर श्वास फेर्न सकिरहेका थिएनन् ।

बिरामीको मुटु पनि ब्लक भएको थियो । बिरामीको स्वास्थ्यमा सुधार आउन थाले पछि उनी डिस्चार्ज भएका छन् । थाइमस ग्रन्थीको क्यान्सर दुर्लभ हुने भएकोले अप्रेशन पनि दुर्लभ भएको उनले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved