लकडाउनले स्थगित फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारी

  • पुष २०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरि धरानमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रले वैशाख देखि परिक्षण गर्ने भएको थियो तर कोरोनाको कारण घोषणा गरिएको लकडाउनमा बन्द रहेको थियो ।

निर्माणको अन्तिम चरणमा पुगेको फोहोर प्रशोधन केन्द्र लकडाउनका कारण स्थगित हुँदा एकातिर आर्थिक भार थपिएको छ भने अर्को तिर परियोजना सम्पन्न गर्न समय समेत लम्बिएको छ ।

लकडाउनका समयमा भारतबाट ल्याइएका मजदुरहरुलाई होटलमा राख्नुपर्दा आर्थिक व्ययभार बढेको परियोजनाका इन्जिनियर विवेक अग्रवाल बताउँछन् । वैशाख १ गते देखि शुरु गर्ने गरि परिक्षणको काम समेत सम्पन्न भएकाले लामो समयको लकडाउनका कारण बन्द हुँदा पुनः परिक्षण गर्दा केही समस्या रहेको उनी बताउँछन् ।

भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको छ । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

२० वर्ष पछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरि ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

वैशाख देखि परिक्षण सहित फुल फेजमा संचालन गर्ने तयारी भइरहँदा लकडाउनका कारण बन्द गरिएको अग्रवालले बताए ।
कोरोना संक्रमणको जोखिम न्युन हुँदै गए पछि पुसको अन्तिम साता देखि परिक्षणको तयारी गरिएको अग्रवालको भनाई छ । उनले भने, ‘त्यती बेलाको लागि लक्षित गरि ५० मेट्रिकटनको बनाएका हौं, तर धरानलाई चाहिने भनेको २० मेट्रिकटनको हो, सोही अनुसार परिक्षणको तयारीमा रहेका छौं ।’

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर चै फरक फरक छन् । १० टनमा तिन वटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छ । ९ वटा चेम्बर पुरै तयारी भइसकेको छ । बाँकी ६ वटाको पनि मेन स्ट्रकचर तयार भइ रंगरोगन र ग्रिलहरुको काम भइरहेको उनले बताए । सम्भवत १ महिना भित्र त्यो पनि तयार भइसक्ने उनले बताए ।

वैशाखमै तयार भएर शुरु गरिएको भए झन घाटा व्यहोर्नु पर्ने अवश्था आउन सक्नेथियो । तर संचालन आउनु अगावै लकडाउन घोषणा भएकाले ठुलो क्षतीबाट जोगिएको उनले बताए । उनले भने, ‘प्रशोधन फुल फेसमा चलिरहन्थ्यो, तर बिक्रि गर्न समस्या हुँने थियो ।’ अहिले सबै परिक्षण पुनः गर्नुपर्ने भएकाले केही समस्या देखिएको अग्रवालले बताए ।

‘सेग्रीगेटर’ मा केही समस्या आएकाले त्यसको मर्मत सम्भारमा लागेको उनले बताए । त्यसलाई अहिले एडभान्स बनाउने तयारी गरिएको छ । उनले भने, ‘लभभग १०÷१५ दिनमा त्यो पनि आइपुग्छ, जुन ट्याङकी भित्र प्रोसेसिङ हुन्छ त्यो चै हाम्रो ५० मेट्रिकटनको हो, पुसमै प्रसोधनको काम सुरु गर्ने तयारी रहेको हो भएन भने माघमा कन्फर्म हुन्छ ।’ सिएसडिआर प्रविधि भएकाले यसबाट उत्पादन हुने ग्यास र मल पुर्ण अग्र्यानिक हुने उनको दाबी छ ।

प्रशोधन केन्द्रबाट उत्पादन भएका ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने भएको छ । उनले भने, ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसके पछि मल्टी फ्युल हुन्छ पेट्रोलले पनि चल्छ ग्याँसले पनि चल्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफल स्टेसन बन्दै गरेको उनले बताए ।

प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक जसो ४ सय देखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको उनले बताए ।

उनले भने, खाना पकाउने ग्याँस पनि यहि हो, ग्याँसमा केही पनि मोडिफाई हुदैन मात्र सिलिण्डर बेग्लै आउँछ, एकदम ह्याब्बी सिलिण्डर हुन्छ त्यहीँ भएर ५ केजीको मात्र सिलिडिण्र हुन्छ, बजारमा ८०÷९० टन फोहोर उठाउन सक्ने अबस्था हुन्छ ।’

कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved