कालिमाटीमा सेक्ष एडभेन्चर पार्क निर्माण हुँदै

  • पुष १९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन धरानका पर्यटन व्यवसायीहरुले करिब १० करोडको लगानीमा एडभेन्चर पार्क निर्माण थालेका छन् ।

विगत एक दशक देखि पर्यटन व्यवसायमा रहेको सेक्ष ट्राभलिङका संचालक बासुदेव बराल र एलिना मगरले धरान उपमहानगरपालिका वडा नं. २० स्थित कालिमाटीमा सुविधा सम्पन्न एडभेन्चर पार्क निर्माणको कार्य थालनी गरेका छन् । कोरोनाको कारण थलिएको पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउन एडभेन्चर पार्कमा लगानी गरिएको संचालक बरालले बताए ।

आन्तरिक तथा बाह्य पर्यटन र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा पार्क निर्माणको काम अघि बढेको छ । बरालका अनुसार नेपालमा नै पहिलो पटक दिर्घकालिन योजनाका साथ एडभेन्टर पार्क बन्न लागेको हो । पार्क सम्पन्नका लागि करिब १० करोडको लगानी रहनेछ भने प्रारम्भिक चरणमा ५ करोड खर्च हुनेछ । २०७८ सालभित्र पार्क सञ्चालनमा ल्याइसक्ने बरालले बताए ।

पार्कमा डबल लाईनको ३ सय मिटरको स्काई साईकल, २ सय मिटरको जिपलाईन, हेङगिङ पुल तथा रेष्टुरेन्ट रहनेछ भने ४ महिनाभित्र नेपालकै पहिलो सिसाको पुल बनाईनेछ र त्यसको उचाई ५० फिटको रहनेछ ।

साथै एक वर्षपछि ईन्डोर चिल्ड्रेन पार्क समेत निर्माण हुनेछ, जहाँ बालबालिकाहरूका लागि जंगल रिसोर्ट समेत बनाइनेछ । २ बिघा क्षेत्रफल रहेको निजी जग्गा र डेढ विगा जग्गा सामुदायिक वनको रहेको छ ।

डेढ बिघा जग्गामा कुनै पनि भौतिक संरचना निर्माण नगर्ने र त्यहाँ घेराबारा गरेर वृक्षारोपण गर्ने पनि वरालले जानकारी दिए । सेक्ष धरानको पर्यटनमा अग्रणी पर्यटन सम्बद्ध ब्राण्ड बनेको छ । सेक्ष ट्राभलिङ, सेक्ष होटल, होटल सेक्ष इन पनि दुवैले सञ्चालन गरिरहेका छन् ।

ग्लास ब्रिज बनेको एक बर्षपछि इन्डोर चिल्ड्रेन पार्क बन्नेछ भने त्यसको एक बर्षपछि १६ वटा कोठा भएको जंगल रिसोर्ट निर्माण हुनेछ । त्यहाँबाट धरानको सुन्दर दृष्य देखिने छ भने बिहानै आधा घण्टाको जंगल वाक गर्दै टोड्केस्थित भ्यु टावर पुगेर आउने रुट पनि हुनेछ ।

पार्कको अवधारणाले स्थानीयवासीको जिवनस्तर उकास्न टेवा पुग्ने वडा नं २० का वडाअध्यक्ष मणिराम राई बताउँछन् । उनले पार्कको अवधारणाले स्थानीयको जीवनस्तरमा पनि प्रभाव पर्ने र पर्यटनले फड्को मार्ने बताए ।

धरान उपमहानगरपालिकाकी पर्यटन विकास समितिका सदस्यसमेत रहेकी सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले धरान वडा नं २० लाई पर्यटन हबकोरुपमा विकास गर्न खोजिरहेको बताइन ।

पुर्वाधारमा लगानी भित्रिदा विष्णुपादुका पर्यटनको हब बन्ने उनले बताइन् । मनोरञ्जन हुने र आकर्षित गर्ने गरि लागनी गर्न सकियो भने व्यवसायीको लगानी पनि सुरक्षित हुने उनको भनाई छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved