केराबारी/ मोरङ जिल्ला स्थित केराबारी गाउँपालिका २ सिंहदेवी वर्षाका कारण चिसाङखोलामा आएको बाढिका कारण पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा स्थानिय ५८ वर्षीय धनकुमारी आङबो लिम्बुको मृत्यु भएको हो । वर्षा सगै आएको बाढीले एउटा घर र दुई वटा गोठ समेत बगाएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
धरान / प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट तथा प्रभात माविले आगामी साउन १ गतेदेखि वाणिज्य र होटल व्यवस्थापनका कक्षाहरु अनलाइन मार्फत सुरु गर्ने भएको छ । सोमबार विद्यालयले वर्तमान समयमा विद्यालय सञ्चालन र व्यवस्थापनका विषयमा धरानका सञ्चारकर्मीहरुसंग अन्तक्र्रिया गर्दै आगामी शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएको हो । ‘विद्यालय बन्द भए तापनि विद्या बन्द हुदैन’ भन्ने नारासहित विद्यालयले शैक्षिक राहत स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रिन्सिपल सुमिर मास्केले बताए । विद्यालयले आगामी साउन १ गतेदेखि शनिबारबाहेक बिहान ११ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेछ । दोहोरो अन्
इटहरी । सुनसरीको इटहरी स्थित हटिया लाइनमा अवस्थित सञ्ज्य ग्यास भण्डार तथा भाडा पसलमा सोमबार राती अज्ञात समुहले आगो लगाउने प्रयास बिफल भएको छ । शयौ सिलिण्डर भण्डारण गरिएको अवस्थामा अपिरिचित एक ब्याक्तिले टायर बालेर आगो लगाउने प्रयास गरेका थीए । ग्यास भण्डारण गरिएको ठाउमा आगो लगाउदै गर्दा स्थानीयहरूले देखेर चिच्याएपछि ति व्यक्ति फरार भएको जनाइएको छ । फरार ब्याक्तीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिगत लामो समय देखि सो स्थानमा सञ्ज्य चौधरीले खाना पकाउने एलपी ग्यास भण्डारण तथा बिक्रि बितरण गर्दै आएका छन । साथै उनले सोहि स्थानमा भाडा पसल पनि सञ्चालन गर्दै आएका छन । के
बेलबारी ÷ १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट पारीत गर्दै बेलबारी नगरपालिकाको छैटो नगरशभा सम्पन्न भएको छ । नगरशभाले कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता दिने समेत निर्णय गरेको छ भने केहि नयाँ योजनाहरु समेत थपेको छ । बेलबारी १ मा बन्न लागेको बेलबारी कम्पलेक्सलाई समेत नगरपालिकाले गौरबको योजनाका रुपमा लिएको छ । केहि दिन अघि मात्रै कम्पलेक्स निर्माणका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर विकास कोष सँग सम्झौता गर्नु भएको थियो । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागिएको आधुनिक सपिङ कम्प्लेक्सक
इटहरी । गत असार १६ गते जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले गरेको आत्महत्या प्रकरणमा श्रीमती र उनका प्रेमिलाइ प्रहरीले पक्राउ गरी आत्महत्या दुरूत्साहन मुद्धा चलाइएको छ । मृतक खतिवडाले श्रीमती दीक्षा खतिवडाको चालचलन ठिक नभएको र परपुरूष संग अवैध सम्बन्ध रहेको जानकारी पाएर पटक पटक सम्झाउदा नलागेपछि अन्तत आफैले आत्महत्याको बाटो रोजेको प्रहरी अनुशन्धानबाट खुलेको छ । आत्महत्या दुरूत्साहन अन्तरगत श्रीमती खतिवडालाइ श्रीमानको काम सकेको १३ दिनमा पक्राउ गरिएको हो भने उनका प्रेमी उर्लाबारी ९ कै विशाल तामाङलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स
धरान । अवैध रुपमा गाँजाको बेचविखन र खेति गर्ने धरान १३ का नविन मगरलाई इलाका प्रहरीले कार्यालय धरानले पक्राउ गरेको छ । गत असार २६ गते धरान १३ का वर्ष २९ का नविन मगरले गाँजा लुकाई छिपाई घरबाटै बेचविखन गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेच्नलाई तयारी अवश्थामा रहेको ३ सय ग्राम तयारी गाँजा फेला पारेको थियो । मगरले घरकै बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि बरामद गरेको छ । उनलाइ आइतबार थप अनुसन्धानको लागि लागुऔषध गाँजा मुद्धामा म्याद थप गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द बस्नेतले बताए ।
सुनसरी । सुनसरीको रामधुनी क्वारेन्टाइनमा एक जना पुरुषका कोरोना भेटिए सँगै प्रदेश १ मा सोमबार ६ जना संक्रमित थपिएका छन् । सुनसरीको रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना सहित झापामा ४ जना र मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार रामधुनीका १ जना, झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङको कटहरीमा एक जना पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा सोमबार ३३ जना निको भएर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचा
आज थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप१४४ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७०५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार २९४ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । करिब ३८ वर्ष देखि वर्षेनी साउन महिनाको सोमबार देखि सुरु धरानको बोलबंम मेला यस वर्ष कोरोनाको कारण प्रभावित बनेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण पिण्डेश्वर मन्दिरमा लाग्ने मेला यस वर्ष नहुने भएको हो । धरानको पिण्डेश्वर मन्दिरमा वर्षेनी चतराको सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउनेको घुइचो लाग्ने भएकाले पनि बोलबंम नहुने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए । उनले भने, ‘अहिले मन्दिर पनि बन्द रहेको अवश्थामा साउन महिनाको प्रत्येक सोमबार मन्दिरमा जल चढाउन आउनेको अत्याधिक भिड हुने भएकाले आउनुस भन्न सकेनौं ।’ सरकारले लकडाउन साउन ९ गते सम्म घोषणा गरेकाले
इटहरी । अविरल वर्षाका कारण इटहरी उपमहानगरकामा अधिकांश क्षेत्र डुबानमा पर्न थालेका छन् । राजर्मागमा जमेको पानीले निकास पाउन नसक्दा तथा समयमै ढलको व्यवस्थापन र नियमित सरसफाई हुन नसक्दा इटहरी वर्षैपिच्छे डुबानमा पर्दै आएको हो । बर्षायाम सुरु भएसंगै बाटोको खाल्डाखुल्डीमा जमेको पानी र हिलोका कारण आम सर्बसाधरण संगै राजमार्गमा जोडिएका व्यवसायीहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् । पटक–पटक डुबानमा पर्न थालेपछि स्थानीय सरकार इटहरी उपमहानगरले टेंग्रा खोलाको मुहान शेरामा बाँध निर्माणको कामलाई तिब्रता दिएपनि वर्षासंगै आएको भेल र बाढीले टेंग्राको डिल कटान गर्दै गाउ प्रवेस गरेर डुवान गर्ने गरेको छ । ग