अपांग परिचय–पत्र वितरण शुरु

  • पुस २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा । अपांगता भएकाहरुलाई पहिचानको आधारमा धनकुटाको छथर जोरपाटीले परिचय पत्र वितरण शुरु गरेको ।

करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट मंगलबार देखि अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको हो ।

गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोली सहित प्रारम्भिक जाँच गरेर परिचय–पत्र बितरण शुरु गरेको हो । शिविरको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचय–पत्र भत्ता लिनका लागि मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध गरे ।

उनले भने, ‘कस्तो खालका अपांगता भएकाहरुलाई के साधन तथा सामाग्री वितरण गर्ने भन्ने पहिचान गर्न पनि परिचय–पत्र वितरणमा सहभागी हुन आवश्यक छ ।’

वडा अध्यक्ष पुखमान आलेको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा करुणा फाउण्डेशनका प्रमुख कृष्ण प्रसाद सापकोटाले कस्तो अपांगता भएकाले कुन प्रकारको परिचय–पत्र पाउने भन्ने कुराको जानकारी दिए ।

कार्यक्रमपछि सन्चालित शिविरमा पालिका उपाध्यक्ष तथा अपांग समन्वय समितिका संयोजक भीमकला लिम्बू, महिला बालबालिका शाखाका प्रमुख एलिना निरौला, स्वास्थ्य संयोजक नेत्रबहादुर श्रेष्ठ लगायतको सक्रियतामा परिचय–पत्र बितरण गरिका थिए ।

शिविरमा जनरल फिजिसियन प्रसंशा न्यौपाने, आँखा रोग बिशेषज्ञ सचिन लम्साल, नाक, कान, घाँटी रोग बिशेषज्ञ ललन कुमार चौधरी र फिजियो थेरापिस्ट अर्पना राईको टोलीले परिचय–पत्र वितरणका लागि जाँच गरेको थियो ।

गाउँपालिकाको तथ्यांक संकलनमा ३ सय २१ अपांग रहेको पालिकामा वडा नं. १ मा मात्र ८६ जना अपांगता भएका ब्यक्तिहरु रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved