प्रदेश १ मा ४सय १० जना सक्रिय संक्रमित

  • पुष २२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४सय१० जना रहेका छन् ।

सक्रिय सक्रमित मध्ये ३सय९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् ।

आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन ।

आज १५ जना संक्रमित थपिएका छन ।

मोरंगको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको विर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved