समाचार

    Showing 71-80 of 8,700 items.
  • वीपी प्रतिष्ठानलाई छाता ऐनमा लैजान एमाले धरानको असहमति ,स्वायत्त विश्व विद्यालय बनाउन माग 

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वायत्त विश्व विद्यालय बनाउन माग गरिएको छ ।    नेकपा एमाले धरान उमहानगरकमिटीले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले देशैभरका प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरहेका बेला उक्त ऐनबाट धरानको वीपी प्रतिष्ठानलाई उक्त ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउनको लागि माग गरेको हो ।   पार्टी अध्यक्ष हर्कराज एभेङद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो।आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित

    • प्रकाशित मितिः असार १०, २०८२
    • 331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अमरवस्ती सेतोपुलका बाढिपीडितको गुनासो:धरानका मेयरले सहयोग गरेनन्

    धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको असरबाट धरान १३ स्थित अमर वस्ती सेतोपुल आसपासका वासिन्दाहरुको जनजीवन कष्टकर बनेपछि सवन्धित निकायले वस्ती जोगाउन पटक पटक माग गरे पनि सुनुवाई नभएपछि एक महिना अघिदेखि त्यहाँका बाढी प्रभावित वासिन्दा जन सहभागितामा वस्ती जोगाउन लागि परेका छन् । बाढीले घर परिवार विस्थापित हुने अवस्था रहेपछि त्यहाँका स्थानीयवासिन्दाहरुले नियमित रुपमा विहान ७ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि साँझ ५ वजे सम्म जनसहभागिता मार्फत काम गरिरहेको अमरमार्ग सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुवास राईले बताए । उनका अनुसार गत बर्ष असोज १३ गते आएको बाढीले ८५ घरपरिवार

    • प्रकाशित मितिः असार १०, २०८२
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ मा महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

    धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ । वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो । वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् । तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ । दलित महिला

    • प्रकाशित मितिः असार १०, २०८२
    • 172 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाले सार्वजनिक गर्‍यो एक अर्ब रुपैयाँको बजेट, महिलाको आर्थिक उत्थानमा जोड

    धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरपालिकाको १६औं नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्। उनका अनुसार संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटिएको बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेटको मुख्य स्रोत र अनुमान नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ। संघ

    • प्रकाशित मितिः असार ९, २०८२
    • 228 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु इटहरीमा : १ अर्ब २६ करोड

    इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु रकम सुनसरीको इटहरी उपमहानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उल्लेख छ । हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रुपैयाँ बेरुजु थपिएको छ । तर, सो अवधिमा बेरुजु फर्छ्यौट भने शून्य देखिएको छ । त्यसैगरी, उपमहानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवलमा जम्मा ३ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । इटहरीपछि बढी बेरुजु रहने उपमहानगरपालिकामा जन

    • प्रकाशित मितिः असार ९, २०८२
    • 296 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा चार सवारी ठोक्किँदा कोसी राजमार्ग अवरुद्ध

    धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा एकैपटक चार सवारीसाधन एकापसमा ठोक्किँदा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सर्दै गर्दा सोही दिशाबाट आइरहेको प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडी पनि ठक्कर खाँदै अर्को ट्रक (प्रदेश १–०२–००१ क ४८९२ नम्बर)मा ठोक्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानका

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भात नपकाएको झोकमा श्रीमान्को कुटपिट,सुनसरीमा श्रीमतीको मृत्यु

    बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग

    • प्रकाशित मितिः असार ९, २०८२
    • 960 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट जङ्गलतर्फ लगिँदै गरेको कारबाट अत्याधुनिक राइफल बरामद

    सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रमा छाडिएको कारबाट प्रहरीले अत्याधुनिक राइफल बरामद गरेको छ । प्रहरीलाई देखेपछि कारभित्र रहेका व्यक्ति जङ्गलतर्फ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट जङ्गल हुँदै गइरहेको बा ६ च ८४०३ नम्बरको कालो रङको कारलाई सोमबार राति करिब १ बजे शंका लागेर प्रहरी टोलीले रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि कारभित्र सवार ४–५ जना व्यक्ति भागेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले घ

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,896 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यारोबाट उज्यालोतर्फ : ४७ औं वर्षमा प्रवेश गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

    धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका रूपमा रहेको २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज ४६ औं वर्ष पुरा गरी ४७ औं वर्षमा प्रवेश गरेको छ। त्यतिबेला निरङ्कुश पञ्चायती शासनकाल, राजनैतिक अधिकार कुण्ठित अवस्थामा सुनसरी जिल्लाको पानीपिया जङ्गलमा स्थापना भएको यस संगठनले नेपाली श्रमिक आन्दोलनमा क्रान्तिकारी परिवर्तन ल्याएको इतिहास छ। संगठन गठनपछिका प्रारम्भिक दिनमा चालकहरूलाई हत्कडी लगाउने प्रथा अन्त्य, संगठन खोल्न पाउने अधिकार सुनिश्चित गर्नसहित १३ बुँदे मागसहित ७ दिने चक्काजामको घोषणा गरिएको थियो। त्यसपछि संगठनका तत्कालीन अध्यक्ष कमल बुढाथोकीस

    • प्रकाशित मितिः असार ९, २०८२
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची भन्सार कार्यालयले ११ महिनामा १४ अर्ब ४३ करोडभन्दा बढी राजस्व सङ्कलन

    झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको जेठसम्मका लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने लक्ष्यअनुसार १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँमध्ये ७७.५६ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै ६०.८१ प्रतिशत अर

    • प्रकाशित मितिः असार ९, २०८२
    • 136 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved