समाचार

    Showing ७१-८० of १०,४१५ items.
  • सडक दुर्घटनामा मन्त्री दीपिका पाण्डेकी छोरीसहित ४ जनाको मृत्यु

    काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ।  कार र ट्रक एकापसमा ठोक्किँदा कारमा सवार चार जनाको मृत्यु भएको छ। मृतकहरूमा झारखण्डकी ग्रामीण विकासमन्त्री दीपिका पाण्डे सिंहकी छोरी पनि समावेश छिन्। यो घटना बुधवार अबेर राति भएको हो। दुर्घटना यति भीषण थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार, दोमुहानी नजिकै कार र ट्रकबीच तीव्र ठक्कर भएको थियो। ठक्कर यति शक्तिशाली थियो कि कार क्षतविक्षत भएको छ। दुर्घटनापछि घटनास्थलमा भागदौड मच्चिएको थियो। वरपरका मानिसहरूले घटनाबारे थाहा पाएपछि घटनास्थलमा भिड जम्मा हुन थालेको थियो। दुर्घ

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशका अधिकांश स्थानमा मध्यम वर्षा जारी

    काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो । लुम्बिनीदेखि पूर्वका भूभागहरूमा वर्षा केन्द्रित रहने तथा कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा क्रमश कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार गण्डकीदेखि पूर्वका हिमाली भूभागमा भारी हिमपात तथा कर्णालीदेखि पूर्वका भूभागमा बढी वर्षाको सम्भावना रहेको

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुन्दुम्को अध्ययन र अनुसन्धानका लागि इलाममा खुल्दै ‘मुन्दुम् पाठशाला’

    किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका लागि इलाममा ‘मुन्दुम् पाठशाला’ सञ्चालन हुँदैछ। यसै विषयमा कोशी पत्रले युएन नवाेदय कलेजका प्रिन्सिपल तथा  फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका अध्यक्ष, माङ्गेन्ना माङ्हीम मुन्दुम् पाठशालाका संस्थापक डम्बर तुम्वापापोसँग गरेको विशेष संवादको अंश। मुन्दुम् पाठशाला किन आवश्यक छ ? यसको उद्देश्य के हो र आगामी योजना कस्तो छ ?   पूर्वी नेपालको किरात–याक्थुङ समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्परासँग जोडिएको मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यल

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १,०९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित धरानका युवक पक्राउ

    धरान/ सुनसरीको धरानका एक युवक विराटनगरमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले राईको शरीर खानतलासी गर्दा ८ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान अघि बढाइएको

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेढ वर्षदेखि बेपत्ता दिलनाथको खोजीमा बंगुर फार्म उत्खनन, मानव कंकाल फेला

    झापा/ ललितपुरका दिलनाथ बजगाई करिब डेढ वर्षदेखि बेपत्ता रहेको घटनाको अनुसन्धानका क्रममा झापाको मेचीनगरमा बंगुर फार्मभित्र गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। ललितपुर जिल्ला साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका बजगाई २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनकी श्रीमती तुलसा बुढा बजगाईले पति हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बजगाईसँगै हिँड्ने उनका साथी राम भनिने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो। सोधपुछका क्रममा स

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरेको शहर धरानमा ‘पेन्सन पट्टा’को चर्चा, दर्शक भेट्न आए माओत्से

    धरान/  नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएपछि दर्शकमाझ चर्चा बटुलिरहेको छ। गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, प्रेम, त्याग र आमाको खोजीलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको प्रचार–प्रसार तथा दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्देशक माओत्से गुरुङ बुधबार धरान आइपुगे। धरान पूर्वगोर्खा सैनिक तथा लाहुरेको शहरका रूपमा परिचित भएकाले ‘पेन्सन पट्टा’का लागि धरानलाई महत्वपूर्ण दर्शक बजारका रूपमा हेरिएको छ। धरानमा आयोजित कार्यक्रममा निर्देशक

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधव नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

    काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलोकनमा निस्किएका छन् । विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् । भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए । धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ । बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए । भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आए

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धार्मिक आस्थाको केन्द्र विष्णुपादुका मन्दिर

    धरान/ धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध बन्दै गएको छ । प्राकृतिक सौन्दर्यका कारणसमेत छुट्टै पहिचान बनाएको विष्णुपादुका क्षेत्रमा धरान बजारबाट माथि उक्लिँदै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति गर्न सकिन्छ । विशेषगरी मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरेको स्थानका रूपमा विष्णुपादुकालाई लिने गरिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वाससमेत रहेको छ । इटहरीबाट पहिलो पटक श्राद्ध गर्न आएका दम्पती निमा तिम्सिना र अविशेक तिम्सिनाले विष्णुपादु

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्बुलेन्समै ४५० किलो गाँजा १ प्रहरीलाई ठक्कर दिएर चालक फरार

    इटहरी/ सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। चेकजाँचका क्रममा प्रहरीले रोक्न खोज्दा एम्बुलेन्स चालकले प्रहरीलाई नै ठक्कर दिएर भाग्ने प्रयास गरेपछि एम्बुलेन्स छाडेर फरार भएका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानीट्यांकी क्षेत्रमा विशेष सूचनाका आधारमा सवारीसाधन चेकजाँच भइरहेको थियो। राति करिब ११ः४० बजे शंकास्पद अवस्थामा आएको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोजेको थियो। तर, चालकले एम्बुलेन्स नरोकी प्रहरी टोलीलाई ठक्कर दिँदै भाग्ने प्रयास गरेका थिए। प्रहरीलाई छल्दै भाग्ने प्रयास सफल नभएपछि चालकले एम्ब

    • प्रकाशित मितिः असोज ७, २०८३
    • २३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बरगाछीबाट स्कुटीसहित दुई जना पक्राउ, चालकको मलद्वारबाट ५.२८ ग्राम ब्राउन सुगर बरामद

    धरान/  सुनसरीको धरानमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र धरान–१९ बस्ने २९ वर्षीय रुदिन भुजेल रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले म‍गलबार साँझ करिब ६ः३० बजे धरान–८ स्थित बरगाछी चोकमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५५ प ४६६ नम्बरको स्कुटरलाई शंका लागेर रोकेको थियो। स्कुटर चालक क्षेत्री र पछाडि सवार भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ५७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved