धरानमा आजदेखि रात्रिकालीन महिला गोल्डकप सुरु हुँदै

  • कार्तिक २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा आजदेखि पहिलो पटक रात्रिकालीन रूपमा आयोजना हुन लागेको ‘प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप–२०८३’ सुरु हुँदैछ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ ६ बजे हुनेछ।

उद्घाटन खेलमा नेपालको चर्चित विभागीय टोली नेपाल एपीएफ क्लब र भारतको झारखण्डस्थित अक्वा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुने प्रतियोगिता मंसिर ६ गतेसम्म चल्नेछ।

प्रतियोगितामा नेपालका राष्ट्रिय महिला खेलाडीले भरिएको एपीएफसँगै नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, काँकडभिट्टा फुटबल क्लब, भारतको झारखण्डस्थित अक्वा क्लब र आयोजक स्वर्णिम फुटबल क्लब गरी आठ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

त्यस्तै, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने प्रत्येक खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) ले १० हजार रुपैयाँ पाउनेछ।

यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धरानका २५ वर्षीय युव ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही पूर ...

धरानमा पहिलो रात्रिक ...

धरान/ धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकाल ...

श्रम संस्कृति पार्टी ...

धरान/ श्रम संस्कृति पार्टीभित्र गुटबन्दी बढेको आरो ...

५ लाख ९२ हजार नगदसहि ...

धरान/ धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved