धरानका २५ वर्षीय युवक मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा लौकहीमा पक्राउ!

  • कार्तिक २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही पूर्व बस स्टेण्डबाट मलद्वारमा लुकाएर लागूऔषध ब्राउन सुगर ल्याउँदै गरेका धरानका एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बिहीबार (२०८३ कात्तिक २७ गते) दिउँसो १२ः२० बजे पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१ निवासी २५ वर्षीय अमर दर्जीलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।

सो क्रममा दर्जीले मलद्वारमा लुकाइछिपाइ ल्याएको ब्राउन सुगर लागूऔषध ५ ग्राम ३४० मिलिग्राम (५.३४ ग्राम) फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा पहिलो रात्रिक ...

धरान/ धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकाल ...

श्रम संस्कृति पार्टी ...

धरान/ श्रम संस्कृति पार्टीभित्र गुटबन्दी बढेको आरो ...

५ लाख ९२ हजार नगदसहि ...

धरान/ धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहि ...

माइक्रोबस दुर्घटना ...

सुनसरी/ मकवानपुरमा यात्रुवाहक माइक्रोबस करिब ५०० मिटर त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved