धरान/ सुकुम्बासी समस्या समाधानका लागि सरकारले जारी गरेको लगत सँकलनको समय बितिसक्दा पनि धरान उपमहानगरपालिकाले चासो नदिएको भन्दै नेपाल भुमिहिन सुकुम्बासी संगठनले आपत्ति जनाएको छ । संगठनले मंगलबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । तत्काल अर्काे सूचना प्रकशित गरी लागत संकलन कार्यशुरु गर्न माग गर्दै संगठनले मेयर राईलाई ज्ञापन पत्र बुझाउन गएका थिए । मेयर राईले पत्र नबुझेको संगठनका प्रदेश अध्यक्ष नरेन्द प्रसाद राईले बताए । मेयर राईले ज्ञापन पत्र नबुझे पनि आयोगसँग छलफल गरि लागत संकलनको लागि सूचना प्रकशित गर्ने आश्वासन दिएको उनले बताए । सरकराले सुकुम्बासी समस्या समाधानका लागि गठ
धरान/ कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुदा कृषहरुले उत्पादन गरेको कृषि सामाग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरु त्यसै खेर गए । लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्षयता तेज पत्ताको कारोबारनै ठप्प भएको छ । लकडाउन खुल्ला भए पनि अझै भारतीय व्यापारीहरु तेजपत्ता खरिदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ । मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करिब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरुको भरपर्दो
धरान/ सर्वोच्च अदालतको आइतबारको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर एकीकरणअगिको नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई नै ब्युँताइदिएपछि राजनीतिले फरक मोड लिएको छ । यो फैसलाले पूर्वएमालेका ओलीपक्षीय नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले देशका विभिन्न स्थानमा पार्टी कार्यालयबाट पुरानो बोर्ड हटाउँदै एमालेको बोर्ड राख्न थालेका छन् । विराटनगरमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको विराटनगर समाचारदाताले जनाएका छन् । एमालेको साबिक जिल्ला पार्टी कार्याल
धरान/ मकै पोलेर जीविकोपार्जन गर्ने धरान–१३ की शिवकुमारी तामाङ सोमबार खुसीले गद्गद थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मानित हुन पाउँदा उनी खुसी देखिएकी हुन् । जीवनभर मकै पोलेर जीविकोपार्जन गर्नेलाई पनि सम्मान गर्छन् भन्ने उनको कल्पनाबाहिरको कुरा थियो । सम्मानपछि हर्षित हुँदै उनले भनिन्, ‘हामीजस्तालाई पनि सम्मान गर्छन् भन्ने कुरा सोचेको थिइनँ तर कामको मूल्याङ्कन गरेर सम्मान गरेकोमा म खुसी छु ।’ उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा कार्यक्रम भएको हो । सम्मान पाउँदा धरान–१७ की सीता मगर पनि अत्यन्तै खुसी मुद्रामा देखिन्थिन् । भौतिक निर्म
इटहरी/ स्वतन्त्र पत्रकार सङ्घ सुनसरीले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर सोमबार इटहरीमा प्रभात फेरी गर्दै अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । राजनीतिक आस्था बोके पनि कुनै राजनीतिक सङ्गठनमा आवद्ध नभई स्वतन्त्र रूपमा पत्रकारिता गर्ने सुनसरीका पत्रकारहरू प्रभात फेरीमा सहभागी थिए । प्रभात फेरीपछि उनीहरूले इटहरीकै गीतादेवी अनाथ आश्रममा खाद्यान्न वितरण गरेका थिए । कोभिड–१९ को महामारी पूर्णरूपमा अन्त्य नभइसकेको अवस्थामा पत्रकारहरूको टोलीले मास्क नलगाई हिँड्ने पैदल यात्री तथा सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतनासमेत जगाएको थियो । सङ्घका सुनसरी अध्यक्ष खगेन्
धरान/ महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्यवन अझैं फितलो रहेको गुनासो महिलाहरूले गरेका छन् । अखिल नेपाल महिला सङ्घको स्थापना दिवस तथा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सङ्घको धरान नगर कमिटीले ‘समसामयिक राजनीतिक अवस्था र महिला अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीकी उपाध्यक्ष सबिता राईले सशक्त आन्दोलनले महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले शासन, आसन र रासनमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने बताइन् । अध्यक्ष लहरू जिमीको अध्यक
विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको छ । एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताए । भने,“सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नु पर्छ ।” एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ ।
धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले । साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छ
सुनसरी– सर्वोच्च अदालतद्वारा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अधिकारिकता बदर गरेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा बदर भएको हो ।नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिट झण्डै २ वर्षदेखि विचाराधीन रहेको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए । तर, निर्वाचन आयो
इटहरी/ इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरूमार्पmत् फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ । वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । यस्तै वडा नम्बर २, ३ र ४ को कार्यालय तथा वडा नम्बर ५ को परिवार नियोजन सङ्घमा फागुन २३ र २४ गते खोप लगाउने कार्यतालिका छ । यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । वडा नम्बर १० को मनमोहन प्राविमा २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्बर १४ देखि १६ का लागि एकम्बा स्वास्थ्य चौकीम