एक वर्षदेखि तेजपत्ता गोदाममै

  • फागुन २६, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान/ कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुदा कृषहरुले उत्पादन गरेको कृषि सामाग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरु त्यसै खेर गए ।

लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्षयता तेज पत्ताको कारोबारनै ठप्प भएको छ । लकडाउन खुल्ला भए पनि अझै भारतीय व्यापारीहरु तेजपत्ता खरिदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ ।

मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करिब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरुको भरपर्दो आम्दानीको स्रोत रहेको तेजपत्ता विक्री नहुदा सबैभन्दा बढी मारमा कृषक तथा व्यापारी परेका छन् । धनकुटाकी थिरमाया लिम्बुले यो बर्ष तेजपत्ता विक्री नभएको बताइन् । विक्रीका लागि धरानस्थित कृषि बजारमा ल्याएर थन्क्याउनुपर्ने अवस्था आएको उनी बताउँछिन् । उनी भन्छिन् ‘विक्री हुन्छ कि भनेर कृषि बजार ल्यायो, विक्री हुदैन, बेकारमा ढुवानी खर्च मात्र तिर्नुप¥यो । उनी जस्तै सयौ कृषकहरुले विक्री नभएर तेजपत्ता फाल्नुपर्ने अवस्था आएको छ ।

तेजपत्ताको मुख्य बजार भारत भएको कृषि बजारले जनाएको छ । तर, लकडाउन यता भारतीय व्यापारीहरु तेजपत्ता खरिदको लागि नआइदिदा तेजपत्ताको कारोबार नभएको कृषि बजारका तेजपत्ता व्यापारी विनोद कुलुङ बताउँछन् । उनी भन्छन् ‘गतवर्ष प्रतिभारी १ हजारमा खरिद भएको तेजपत्ता अहिले प्रतिभारी ५ सय रुपैयाँ मात्र छ, हामीले पनि भारतीय व्यापारी आउँछन् र विक्री गरौ भन्ने आशाले लिएका हौ, तर खरिद गरेको तेजपत्ता अहिले पनि जस्ताको तस्तै छ ।’ उनले कृषकहरुले दुःख गरेर ल्याएको तेजपत्ता विक्री नहुँदा बाध्य भएर कृषि बजारमा थन्क्याउनु पर्ने अवस्था आएको बताए ।

कृषि उपज बजारका अनुसार ९५ प्रतिशत तेजपत्ता छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।
कृषि बजारमा वार्षिक करिब ५ हजार मेट्रिकटन अर्थात एक करोड बराबरको तेजपत्ताको कारोबार हुने गरेपनि यो वर्ष कारोबार नभएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउछन् । उनले भने, ‘कृषकहरुले कृषि बजारसम्म तेजपत्ता ल्याउछन्, भारत निकासी नहुने भएपछि व्यापारीले पनि लिदैनन्, त्यसै थन्क्याएर उनीहरु फर्कन्छन् ।’

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved