सर्वोच्चको फैसलाको प्रभाव : पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने लहर

  • फागुन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  सर्वोच्च अदालतको आइतबारको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर एकीकरणअगिको नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई नै ब्युँताइदिएपछि राजनीतिले फरक मोड लिएको छ ।

यो फैसलाले पूर्वएमालेका ओलीपक्षीय नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले देशका विभिन्न स्थानमा पार्टी कार्यालयबाट पुरानो बोर्ड हटाउँदै एमालेको बोर्ड राख्न थालेका छन् ।

विराटनगरमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको विराटनगर समाचारदाताले जनाएका छन् ।

एमालेको साबिक जिल्ला पार्टी कार्यालय पाञ्चालीस्थित भवनमा सङ्घीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम नै आयोजना गरी सोमबार नेकपा एमालेको बोर्ड राखिएको हो । ढकालले त्यस अवसरमा यो ऐतिहासिक अवसर भएको बताए । भने, ‘सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नुपर्छ ।’

एमाले र माओवादीको एकीकरणपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय सञ्चालनमा आएको थियो तर अहिले नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि केपी ओलीसम्म यही भवनमा आई कार्यक्रम सहभागी हुने गरेका थिए ।

सर्वोच्च अदालतको पैmसलापछि विराटनगरमा साविक एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा गतिविधि शुरु गरेका हुन् । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नुपर्छ भन्ने मान्यताले पार्टी एकता गरे पनि त्यसले काम गर्न नसकेको बताए । ‘खास गरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरू आएका थिए’, उनले भने, ‘अब सर्वोच्चले बाटो तय गरिदिएको छ । यो सार्थक छ ।’ उनले एमालेले अब आप्mनो विगतको पहिचान झल्काउने गरी अघि बढ्नुपर्ने बताए ।

एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरे पनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै केन्द्रीय सदस्य विनोद ढकालले भने, ‘अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।’ कानुन व्यवसायी हेमराज पन्तले सर्वोच्चमा फेरि पुनरावलोकन हुन्छ भनेर सशङ्कित हुनु नपर्ने धारणा राखे । संविधानको मर्मअनुसार नै पैmसला आएको उनले सुनाए । उनले पैmसलाको पूर्ण पाठ नै आइसकेकोले फेरि के होला भन्ने द्विविधा नरहेको बताए । कार्यक्रम नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा भएको थियो । मोरङको कटहरी गाउँपालिका कार्यालयमा पनि नेकपा एमालेको बोर्ड राखिएको छ ।

इटहरीमा पनि यसको प्रभाव देखिएको इटहरी समाचारदाताले जनाएका छन् । समाचारदाताका अनुसार इटहरीमा पनि एमालेका कार्यकर्ताहरूले कार्यालयको बोर्ड परिवर्तन गरी नेकपा एमाले लेखिएको बोर्ड राखेका छन् ।

हटिया लाइनको भवनबाट नेकपाको बोर्ड हटाई पुनः एमालेकै बोर्ड राखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरू भेला भएर सोमबार पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका हुन् । अदालतले नेकपालाई खारेज गरेसँगै ओली समर्थकहरू खुसी देखिएका छन् । त्यसैअनुरूप खुसीसाथ पुरानै घरमा फर्किएको इटहरी एमालेका अध्यक्ष यामकुमार सुब्बा बताउँछन् ।

इटहरीमा बोर्ड परिवर्तन भएसँगै अब जिल्लाका स्थानीय तहमा रहेका पार्टी कार्यालयहरूको पनि बोर्ड परिवर्तन गरिने एमालेका नेताहरूले जनाएका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved