सम्मान पाएकोमा खुसी भइन् शिवकुमारी

  • फागुन २४, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान/ मकै पोलेर जीविकोपार्जन गर्ने धरान–१३ की शिवकुमारी तामाङ सोमबार खुसीले गद्गद थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मानित हुन पाउँदा उनी खुसी देखिएकी हुन् । जीवनभर मकै पोलेर जीविकोपार्जन गर्नेलाई पनि सम्मान गर्छन् भन्ने उनको कल्पनाबाहिरको कुरा थियो । सम्मानपछि हर्षित हुँदै उनले भनिन्, ‘हामीजस्तालाई पनि सम्मान गर्छन् भन्ने कुरा सोचेको थिइनँ तर कामको मूल्याङ्कन गरेर सम्मान गरेकोमा म खुसी छु ।’

उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा कार्यक्रम भएको हो । सम्मान पाउँदा धरान–१७ की सीता मगर पनि अत्यन्तै खुसी मुद्रामा देखिन्थिन् । भौतिक निर्माण क्षेत्रमा ज्यालादारीको काम गर्ने उनी नगरपालिकामा सम्मानित हुन पाउँदा खुसी देखिएकी थिइन् । उनको भनाइ पनि तामाङको भन्दा फरक छैन । उनी भन्छिन्, ‘हामीजस्ता न्यून स्तरकालाई पनि सम्मान गरिँदो रहेछ, आज म ज्यादै खुसी छु ।’

उनीहरूजस्तै डोकोमा तरकारी बोकेर बिक्री गर्ने धरान–८ की विष्णुमाया कट्वाल, धरान–६ की तरकारी व्यापारी मैया गौतम र श्रमिकको काम गर्ने धरान–१५ की लक्ष्मी तामाङलाई पनि सम्मान गरिएको थियो । उनीहरू पनि सम्मानित हुन पाएकोमा खुसी देखिन्थे ।

१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पाँचजना महिलालाई जनही नगद २ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । श्रम गरेर परिवारको गुजारा चलाउने महिलालाई सम्मान गरिएको हो ।

उनीहरूलाई धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले सम्मानपत्रसहित नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् । उनीहरूलाई मात्र होइन, दिवसकै अवसर पारेर विपत्का समयमा खटिने महिलाहरूलाई समेत सम्मान गरिएको हो । कोरोना महामारीको समयमा स्वाब सङ्कलनमा अग्रभागमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved