विराटनगर । विराटनगर महानगरपालिका पन्ध्र दिनका लागि पुनः लकडाउन गरिएको छ ।नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले शनिबार मध्यराति १२ बजेटबाट लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरका मेयर भीम पराजुलीले कोरोनाको संक्रमण समुदायस्तरमा जान थालेकोले नियन्त्रणको लागि लकडाउनमा जाने निर्णय भएको बताएका छन् । उनले भने,“लकडाउन सहज भएसंगै भएको गतिविधिले संक्रमण फैलन सक्ने संभावना बढेर गयो । दुई सातासम्म फेरि लकडाउन गर्ने निर्णयमा पुगेका हौं ।” विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा छ । महानगरमा संक्रमितको संख्या
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ । शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपा
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रभित्र सावधानीका उपाय अपनाउने भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालयमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थितिमा भएको छलफलले ‘सुरक्षित वराहक्षेत्र’को नीति अख्तियार गर्ने निर्णय गरेको छ । नगरले साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने, होटल व्यवसाय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुरक्षाका उपाय अपनाउँदै मात्र खोल्न पाउने, नगर बाहिरबाट आउने अटोरिक्सा, टेम्पोलगायतका सवारीलाई प्रवेशमा रोक लगाउने लगायतका नीति अवलम्बन गर्ने भएको छ । सम्पूर्ण ना
धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा
वराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नागरिक सेवाग्राहीलाई नगर कार्यपालिकाको कार्यालय प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ को प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा सुनसरी जिल्लामा समेत कोभिड१९ को संक्रमण देखिएकाले काम दर्शाई, अनिवार्य मास्कको प्रयोग गरी, साबुनले हात धोई र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न सूचित गरिएको छ । सूचना हेर्नुहोस्ः
इलाम / इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जना मध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन । उनिहरुलाई थप उपचारका लागी मोरङको गोठगाउँमा लाने तयारी भईरहेको शसस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जँग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षा कर्मिमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यस अघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन । सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना सं
धरान । केही दिन अघि बिराटनगर स्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिए पछि उनको क्लोज कन्ट्याक्टमा रहेका धरान १४ स्थित विजयपुरका सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका प्रहरी धरान १४ स्थित गणेश चौंकमा आएको खुलेको थियो । उनको क्लोज कन्टयाक्टमा रहेको ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छोरीको जन्म दिवश मनाउन धरान आएका समयमा उनको सम्पर्कमा रहेको सबैको साउन १४ गते स्वाब संकलन गरिएको थियो । उनीका सबैको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छ । त्यसै गरि धरान १३ मा कोरोना संक्रमण देखिएका युवा फिट
विराटनगर । मोरङको बुढी गंगा गाउँपालिकामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । विराटनगर ईटहरी सडक खण्डमा बिहीवार राति ८ः३० बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो । ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन गएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरीगढी गाऊँपालिका वडा नमब्र ७ का २९ वर्षीय जोशन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी तीन जना घाइतेको सोही अस्पताल उपचार
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा लागूऔषध कारोबारी पक्राउ गर्न पहरीले दुई राउन्ड हवाई फायर गरेको छ । बुढीगंगा–१ को स्टिल कारखाना आरती स्ट्रिप पछाडि खोरैया बस्तीमा विहीबार राति कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोल्नु परेको हो । लागूऔषध कारोबारीले प्रहरीको हतियार खोस्न खोजेको र आक्रमणबाट बच्न तथा स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर खोलेको बताइएको छ । सादा पोसकका प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरीलाई आक्रमण गरी कारोबारीले घाइते बनाई दिएका छन् । उनीहरुको विराट मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीमाथि कारोबारीले खुकरी, भालासहितका घरेलु हतियारले आक्रम
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ । विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदा समेत परीक्षणको दरलाई तिव्रता नदिएको भन्दै महानगरका का.वा.सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउदै स्थानी तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणको लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् । न्यौपानेले भने,“लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका