ढल निकास नहुँदा सास्ती

  • फागुन २६, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/  स्थानीय निर्वाचन सुरू हुँदा जनप्रतिनिधिले लगाएको इटहरी बिकास संगै सुपर समृद्धिको नारा यति बेला फेल हुदै गएको छ । एका तिर ६ लेन सडकले समयमै पुर्णता नपाउनु अर्को तिर स्थानीयहरूको गुनासोलाइ जनप्रतिनिधिले बेवास्था गरिदिनुले इटहरीमा सुपर समृद्धिको नारा कागजमै सिमित बनिन पुगेको छ ।

निर्माणधिन ६ लेन राजमार्गले समयमै पुर्णता नपाउँदा अहिले इटहरीका सर्वसाधारण देखि ब्यवसायीहरू सम्म प्रत्यक्ष मारमा परेका छन । सडक निर्माणकै क्रममा ढल फुटेपछि पानी राजमार्ग हुदै ब्यवसायीको पसल सम्म पुग्ने गरेको छ । राजमार्गमा जमेको पानीको दुगन्धले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । इटहरीको बिराटनगर रोड र पूर्व जनता स्कुलको गेट अगाडी ढल फुटेर पानी राजमार्ग सम्म आइपुगेको छ ।

जमेको पानीले निकास नपाएपछि राजमार्ग हुदै गुड्ने सवारीसाधनले ढल उछिटाएर ब्यवसायहरूको पसल सम्म पुर्याउने गरेको छ भने कतिपय हिडिरहेका पैदलयात्रीहरूलाइ समेत बाछिटा पुग्ने गरेको छ । उपमहानगरका जनप्रतिनिधिहरू संग पटक पटक समस्या सामधानको लागि अनुरोध गर्दा पनि सुनुवाइ नै नभएको इटहरी बिराटनगररोड स्थित कपडा ब्यवसायी सुनिल महत बताउँछन ।

केहि समय अघि धुवा र धुलोका कारण आक्रान्त बनेपछि राजमार्ग अवरूद्ध गरेका रोडका ब्यवसायीहरू पुनः ढल निकासिको माग गर्दै आन्दोलनमा उत्रने तयारीमा जुटेका छन । पटक पटक समस्या सुनाउँदा पनि ब्यवसायीहरूको गुनासो सम्बोधन नहुने हो भने अब आन्दोलनको बिकल्प नरहेको स्थानीय सुनचादि ब्यवसायी सुवास बिक बताउँछन् । ढल फुटेर राजमार्गमै खोला बग्न थालेपछि इटहरीको पूर्व लाइनस्थित एक मिष्ठान्न भण्डार तथा खाजा घरमा सेवाग्राहिहरू नै आउन छोडेका छन । ढलको दुर्गन्ध र जमेको पानि देखेपछि ग्राहकहरु नै आउन छाडेको होटल व्यवसायी बताउँछन् । उनले भने, ‘हामि नाक थुनेर काम गर्न बाध्य छौ, अनि ग्राहक कसरी आउँछन् ।’

दुर्गन्धका कारण सर्वसाधारणहरू नाक थुनेर हिडनु त छदैछ त्यसमा पनि राजमार्गमा गुडने सवारीले पानी उछिट्याउदै गुडाएपछि पैदलयात्रीहरु झनै मारमा पर्ने गरेका छन । बिराटनगर रोडमा केहि समय पछि ६ लेन राजमार्गले तिब्रता पाउने र जमेको पानीहरूपनि ब्यवस्थापन हुने इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । ब्यवसायीहरूबाट आएको गुुनासो सुन्ने मात्र नभइ समस्याको हल गर्न उपमहानगर कटिवद्ध रहेको उनले बताए ।

 

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved