समाचार

    Showing 7,811-7,820 of 8,693 items.
  • कोरोना सन्क्रमित धरान १३ का युवाको सम्पर्कमा रहेका १५ का एक ब्यक्तिमा कोरोना संक्रमण

    धरान ।  धरानमा कोरोना संक्रमण फैलिन शुरु भएको औद्योगिक क्षेत्रमा रहेको पृती भल्व एन्ड फिटिङ्स उद्योगमा कार्यरत थप १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि देखिएका धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उद्योग मै कार्यरत धरान १५ बस्ने एक जना ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । धरानमा भेटिएका सङ्क्रमितहरू औद्योगिक क्षेत्र भित्र रहेकाहरूमा मात्रै देखिएको थियो तर पहिलो पटक सोही औद्योगिक क्षेत्र भित्र काम गरेर दैनिक आउजाउ गर्नेमा कोरोना पुष्टि भएको हो ।

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु र खर्दुको मुहानको खानेपानी पाइपलाइन तोडफोड, खानेपानी संस्थानका प्रमुखको संलग्नता

     धरान । खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुखको रोहबरमा भत्काइएको छ । फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन भत्काइएको हो । खानेपानी संस्थानको पाइपलाइन आइयुडिपी परियोजनाले बिस्तार गर्दै ठुलो बनाएको थियो । आज मात्रै निर्माण सकिएको पाइपलाइन भत्काइ दिएको परियोजना प्रमुख राजु पोख्रेलले बताए । खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको नेतृत्वमा गएको टोलिले तोडफोड गरेको कार्यरत कर्मचारिले जानकारी गराएको पोख्रेलले बताए । उनले भने, `आज नै काम

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 3,594 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशस्त्र प्रहरी गणमा कोरोना संक्रमण फैलिए पछि आसपासका क्षेत्रपनी बन्द

    इलाम / इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने स

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ५ सय जनाको पिसिआर टेस्ट गरिने

    धरान । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले ५ सय जनाको पिसिआर टेस्ट गर्ने भएको छ । आइतबार धरान उपमहानगरपालिका मा भएको छलफलमा मंगलबार देखि संक्रमण को जोखिम मा रहेका क्षेत्रहरुमा पिसिआर टेस्ट गर्न शुरु गरिने निर्णय भएको हो । नगर प्रमुख श्री तिलक राइको अध्यक्षतामा भएको छलफलमा पिसिआर टेस्टको रिपोर्ट आए पछि लकडाउनको बिषयमा निर्णय लिइने नगरपालिकाले जनाएको छ । त्यसै गरि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपिडी सेवालाइ पनि ब्यबस्थित गर्न पनि आग्रह गर्ने निर्णय भएको छ । छलफलमा कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, इलाका प्रहरी

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा मालपोत र शिक्षा बन्द

    इलाम/ इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने सम

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,471 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेश १ मा २७ संक्रमित थपिए

    विराटनगर, १८ साउन । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ । प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलकामा भ्रष्टाचार विवाद चुलिदै

    धरान । सुशासन कार्यान्यवनमा उदाहरणीय बनेको उदयपुरको बेलका नगरपालिका पछिल्लो समय भ्रष्टाचारको विवादमा मुछिएको छ । उपप्रमुखले नै नगरपालिका भित्र भ्रष्टाचार हुने गरेको अभिव्यक्ति दिदै राजीनामा दिने बताए पछि आन्तरिक विवाद चुलिदै गएको हो । गत साउन ७ गते उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकाका कर्मचारीबाट भ्रष्टाचार भए पनि नगरप्रमुखले जोगाउन खोजेको अभिव्यक्ति दिएकी थिईन् । उनले अभिव्यक्ति सँगै पदबाट राजिनामा समेत दिने घोषणा गरिन् । उनको अभिव्यक्तिले अहिले बेलका नगरपालिका भ्रष्टाचारको मुद्धामा विवादित बनेको छ । आफ्नो अभिव्यक्ति मानविय त्रुटि रहेको भन्दै साउन ११ गते विज्ञप्त

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बग्गीखानाका दुई जनामा कोरोना पुष्टि

     काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका (बग्गीखाना) का दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकाल सहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यका भित्र एक हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ११ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय ४६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२  जना  पुगेको छ ।  नेपालमा हालसम्म ५७  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ११   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३  जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।   

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा नापीका कर्मचारी र कारागारमा पनि संक्रमण

    विराटनगर । विराटनगरमा आईतबार १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सामाजक विकास मन्त्रालयका अनुसार ७ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार कोरोना पुष्टि हुनेमा नापी कार्यालय विराटनगरका कर्मचारी र विराटनगरस्थित मोरङ कारागारका दुई जनामा संक्रमण देखिएको छ । मोरङ जिल्लामा आईतबार १७ जनाको पोजेटिभ रिर्पोट आएको छ । नापी कार्यालयका खरिदार र एक सुरक्षागार्डलाई संक्रमण देखिएको हो । कारागारका सुरक्षाकर्मी हुन वा कैदी भन्ने खुल्न बाँकी छ । मन्त्रालयका अनुसार मोरङको कटहरी गाउँपालिकाका दुई जना, बुढीगंगा गाउँपालिकाका एक जना र ग्रामथान गाउँपालिकाको एक जनामा कोरोना देखिएको हो । सुनसरीक

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved