धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज
विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ । विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालि
विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरदचन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुल
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाए । तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर आइपुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’ त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त
धरान । देशको सार्वभौमसत्तानै जनता भएकाले ठुलो शक्ति पनि जनतानै रहेको बताउँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको मालिकनै जनता भएकाले सबै किसिमका निर्णय उनीहरुले नै गर्ने बताए । धरानमा मंगलबार ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा पहिलो दिनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जुकुसुकै जातीका जनता भए पनि उनीहरुको भोट कांग्रेसले लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, दलित जनता, होस्, आदिवासी, महिला, थारु जनता सबैको साझा पार्टी कांग्रेसनै हो, दलित जनतालाई आरक्
इलाम । मानसिक अस्वस्थता देखिएकी इलामको माई नगरपालिका १० की पविमाया तिम्सिनाको आर्थिक अवश्था नाजुक भएकै कारण उपचार नपाउँदै झन झन समस्या बढ्दै गएको छ । मानसिक अस्वस्थ्यका कारण उनी जंगलमै गएर बस्ने गरेकी छिन् । चिसापानि लुम्बककी पविमाया सुत्नका लागि साँझमा घर आउने गरे पनि बिहान सबेरै देखि घर नजिकैको अम्लिसो भएको जंगलमा बस्ने, उतै खाना पकाउने र खाने गरेकी छिन् । धनमायाँ तिम्सििनाकी कान्छी छोरी पविमायामाले उपचार नपाएको कारण दिन प्रतिदिन समस्या बढ्दो रहेको छ ।बोलाउँदा सानो स्वरले बोल्ने र जे सोध्यो त्यसको एक वाक्यमा उत्तर दिने पविमायालाई उपचार अभावका कारण समस्या बढ्दै गएको हो । परिवारले पकाएर दिएक
इलाम । भारतीय जेल जीवन बिताइरहेका दिपक तिम्सिना शनिबार जेलमुक्त भएपछि आईतबार इलाम आईपुगेका छन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४१ वर्ष पछि घर आईपुगेका छन । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक ४० वर्ष देखि भारतमा जेल जिवन बिताएर घर फर्किएका हुन् । घर आईपुगेका दिपक आमाको अगाडी केही बोल्न सकेनन । ४१ वर्ष पछि छोरो भेट्दा खुसि बनेकी धनमायाँ छोरो नबोले पछि चकित परिन् । ‘के भएको यसलाई बोल्दैन त’ भन्दै आमा रुन थाले पछि भाई प्रकाशले गाडीमा आएकाले विरामी भएको भनेर आमालाई थम्थमाए । तर दिपक गाडिको आएको कारण नभई मानसिक समस्या भएकाले बोल्न र हि
धरान । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बालबालिकाहरुलाई कारवाही गर्न प्रहरीलाई चुनौतीपुर्ण बनेको छ । धरानमा केही समय यता स्कुटी चोरीमा संलग्न रहेका बालकहरुलाई कारवाही गर्न चुनौतीपुर्ण बनेको हो । पछिल्लो समय धरानका विभिन्न वडाबाट स्कुटी चोरीका घटनामा बालबालिकाहरु संलग्न हुने गरेको पाइएको छ । करिब ११ वर्ष देखि १३ वर्ष उमेरका बालकहरु चोरीका घटनामा संलग्न भएका पाइएको हो । घर अगाडि पार्किङ गरि राखिएका स्कुटी चोरी गर्ने र स्कुटीका पार्टसहरु बिक्रि गर्ने गरेका छन् । उनीहरुलाई पक्राउ गरे पनि कानुनी प्रक्रिया अनुसार कारवाही गर्न समस्या देखिएको छ । इलाका प्रहरी कार्यालयका अनुसार स्कुटीका चोरी
सुनसरी । छिमेकी देशमा कोरोनाको संक्रमण बढ्दै गए पछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । भारतमा पुनः कोरोना संक्रमण बढ्न थाले पछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् । उ
धरान / पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । महासंघको केन्द्रले चैत्र २५ गते चुनावको मिती घोषणा गरेसँगै सुनसरीमा पनि पत्रकाहरुलाई चुनावी सरगर्मी बढेको हो । चैत्र २५ गते केन्द्रका पदाधिकारीसँगै प्रदेश र जिल्ला समितिको निर्वाचन हुँदैछ । कोरोनाका कारण ढिलाई भएको महासंघको चुनाव चैत्र २५ गतेलाई तोकिएको हो । विभिन्न राजनीतिक दलसंग निकट रहेका पत्रकार संगठनहरु अहिले महासंघ सुनसरीको नेतृत्व लिने दाउमा रहेका छन् । सांगठिक रणनीति सहित चुनाव जित्ने माहोल बनाउन आ–आफ्नो ढंगले अगाडी बढेका छन् । सुनसरीमा विशेष गरी नेपाली कांग्रेससंग सम्बद्ध प्र