कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ आशंका : धरान सहित प्रदेश १ मा ७ जना संक्रमित

  • चैत १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ ।

ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ ।

विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालिकाका एक र ठेगाना नखुलेका एक र झापाका अर्का एक जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार दुई सय ४२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले नयाँ भेरिएन्ट्स निक्कै संक्रामक भएको अध्ययनले नै देखिएको बताउँदै भन्छन्, “संक्रमण अति चाँडै फैलन सक्ने खतरा भएकोले सरकारले तोकेका मापदण्डलाई मान्न सबै नागरिक तयार हुनुपर्छ ।” दासले कोरोनाको दोस्रो लहर फैलन नदिन नागरिकको कर्तव्य पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन । पछिल्लो पटक मानिसहरुले मास्क नलगाउने, भिंड गर्ने, जमघटमा पनि स्वास्थ्य मापदण्ड नमान्ने देखिएकोले कोरोनाको नयाँ भेरिएन्ट्स भए यसको फैलावट अति तीव्र हुन सक्ने उनले बताए ।

नयाँ संक्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री हेर्दा भारतसँगको सम्बन्ध देखिएकोले नयाँ कोरोना भाईरसको भेरिएन्ट्स हुनसक्ने आशंका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहताको छ । उनले भने, “नयाँ भाईरस हुन सक्छ तर थप परीक्षणपछि मात्र यसबारे यकिन गरेर भन्न सकिन्छ ।” मोरङमा पाँच दिनयता देखिएका संक्रमितमध्ये विराटनगरका ७ जना, सुन्दरहरैंचा नगरपालिकाका ३ र पथरीशनिश्चरे नगरपालिकाका एक जना छन ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्की संक्रमितहरुमा नयाँ भाईरस भएको हुनसक्ने देखिएकोले अब कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिने बताए । विराटनगरमा स्वाब संकलन भ्यानसमेत परिचालन गरी कोरोना परीक्षण हुँदै आएको थियो । तर, दुई महिनायता स्वाब संकलन बन्द गरिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीस हजार नाघिसकेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री हिक्मत कार्कीले भारतीय सीमामा स्वास्थ्य सतर्कता अपनाउने र स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको बताउँदै भने, “ंसंक्रमण फेरि फैलन सक्छ तर आतंकित भएर भन्दा संयमित र सावधानी अपनाएर यसको मुकाबिला गर्न तयार रहनुपर्छ ।” कार्कीले परीक्षण र उपचारमा प्रदेश सरकारले कुनै कमजोरी नगर्ने बताए ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved