विराटनगरमा ‘अर्काे अर्थ नलागेमा...’ मञ्चन हुने

  • चैत १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ ।

चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरदचन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् ।

यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् ।

वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा...’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

158797622_733327917341841_8

 

 

 

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved