विराटनगरमा पत्रकारसंग रिसाए देउवा

  • चैत १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt मंगलबार धरानमा आयोेजित कार्यक्रमा बोल्दै शेर बाहादुर देउवा तस्वीर सौजन्य : लक्ष्मण थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाए ।

तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर आइपुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’

त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त्यसमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताए । ‘त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याइदिनुपर्ने, जसपाले कि माओवादीले ?’ भन्दै राखेको प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने बताए ।

त्यसपछि पत्रकारले ‘त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो ?’ भन्दै प्रश्न सोधेपछि देउवा रिसाएका थिए । ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हुँदैन ?’ आक्रोशित देउवाले भने, “विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’ खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि पनि यही सरकारलाई समर्थन हो भन्ने प्रश्नपछि देउवा रिसाएका थिए ।

विराटनगरमा आशोक कोइरालाको परिवारलाई भेटेपछि देउवा धरान ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न धरान आएका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved