धरान / पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । महासंघको केन्द्रले चैत्र २५ गते चुनावको मिती घोषणा गरेसँगै सुनसरीमा पनि पत्रकाहरुलाई चुनावी सरगर्मी बढेको हो ।
चैत्र २५ गते केन्द्रका पदाधिकारीसँगै प्रदेश र जिल्ला समितिको निर्वाचन हुँदैछ । कोरोनाका कारण ढिलाई भएको महासंघको चुनाव चैत्र २५ गतेलाई तोकिएको हो । विभिन्न राजनीतिक दलसंग निकट रहेका पत्रकार संगठनहरु अहिले महासंघ सुनसरीको नेतृत्व लिने दाउमा रहेका छन् । सांगठिक रणनीति सहित चुनाव जित्ने माहोल बनाउन आ–आफ्नो ढंगले अगाडी बढेका छन् ।
सुनसरीमा विशेष गरी नेपाली कांग्रेससंग सम्बद्ध प्रेस युनियन, नेकपा एमाले नेपाल–खनाल समूहको प्रेस चौतारी, केपी ओली समूहको प्रेस चौतारी र नेकपा माओवादी केन्द्रीसंग आवद्ध प्रेस सेन्टरबीच प्रतिष्पर्धा हुँदैछ । जीत आप्mनो हातमा पार्न एकल चुनावी रणनीति तयार पार्ने कि गठबन्धन भएर जाने भन्ने विषयमा पनि एक अर्का संगठनबीच गहन छलफल चल्न थालेको छ ।
चुनावी माहोल तातिन थाले पछि केही संगठनले उम्मेदवार अघि सारेका छन् भने केही संगठनहरु साझा उम्मेद्वारको छलफलमा रहेका छन् । एउटै संगठनबाट धेरै आकांक्षीहरु देखिए पनि आन्तरिक सहमती जुटाउन पनि संगठनहरु लागि परेका छन् ।
चुनावी वातावरण सहज बनाउँदै प्रेस चौतारी नेपालको ओली पक्षले शनिबार सुनसरी जिल्ला शाखाको लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको बैठकले सर्वसम्मत सन्तोष काफ्लेलाई अध्यक्षको पदमा अघि सार्ने निर्णय गरेको हो । वर्तमान महासंघ सुनसरीका उपाध्यक्ष समेत रहेका काफ्लेको नेतृत्वमा चौतारीले टिम अघि बढाउने भएको छ ।
त्यसै गरि प्रेस चौतारी कै नेपाल–खनाल समुहको तर्फबाट सुनसरी जिल्ला कार्यसमितीका लागि देवेन्द्र कार्की, शशी कोइराला र प्रेम वास्तालोको नाम बाहिर आएको छ । तिन जना आकांक्षीहरु बिच छलफल गरेर एक जना उम्मेदवारलाई चाडैनै अघि सार्ने तयारी गरिएको चौतारीका जिल्ला नेता योगेशबाबु काफ्लेले बताए । काफ्लेले तीनजना आकांक्षीमध्ये कसलाई लाने भन्ने विषयमा संगठनमा योगदान पु-याएको आधारमा मापदण्ड बनाइएको बताए । उनले भने, ‘महासंघ सुनसरीको नेतृत्वका लागि तीन जना आकांक्षीदेखिएका छन्, यस विषयमा हामीले मापदण्ड तयार गरेका छौं, सोही अनुसार उमेद्वारी छान्ने छौं ।’ यता युनियनका तर्फबाट ६ जना आंकांक्षीदेखिएका छन् । युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार इकवाल अहमद, गणेश निरौला, सचिन पोख्रेल, चेतन धमला, सुविद गुरागाई र सन्तोष यादव आकांक्षीदेखिएका छन् ।
युनियनमादेखिएका आकांक्षीमध्ये कसलाई महासंघ सुनसरीकोे नेतृत्वमा लाने भन्ने विषयमा छलफल भइरहेको अधिकारीले बताए । उनले भने, ‘अहिले ६ जना आंकाक्षीदेखिएका छन्, ६ जनामध्ये कसलाई नेतृत्वमा लाने भन्ने विषयमा छलफल चलिरहेको छ, छलफलबाट पनि महासंघ सुनसरीको नेतृत्वमा जाने विषयमा टुंगो लागेन भने आन्तरिक मत प्रक्रियाबाट उमेद््वारी छान्छौं ।’ प्रेस युनियनले गठबन्धनलाई प्राथमिकतामा राखेको बताए । को सँग गठबन्धन हुन्छ भन्ने विषयमा केन्द्रको सर्कुलर अनुसार अगाडि बढ्ने उनको भनाई छ ।
ओली पक्ष भनिएका प्रेस चौतारीबाट सुनसरीको नेतृत्वमा छानिएका सन्तोष काफ्लेले महासंघ सुनसरीको भावी नेतृत्वमा आफ्नो संगठनले जित्ने दाबी गरे । संगठन बलियो भएका कारण र आफू पनि श्रमजीवि पत्रकार भएकै कारण पनि जित्ने आधार बढी भएको उनको दाबी छ । उनले भने, ‘महासंघको उपाध्यक्ष सम्हालीसक्दा श्रमजीवि पत्रकारका हक, अधिकार, समस्या लगायतका विषयमा धेरै काम गरेको छु, यो नै मेरो जित्ने आधार हुन्छ ।’
नेपाल–झलनाथ समूहको प्रेस चौतारीले पनि गठबन्धनलाई प्राथमिकतामा राख्ने जनाएको छ । यद्यपि कोसंग गठबन्धन हुन्छ भन्ने विषयमा चाडै नै छलफल गरेर अगाडि बढ्ने जनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रसंग आवद्ध प्रेस सेन्टर नेपाललमा पनि ६ जना आकांक्षीदेखिएका छन् । सेन्टरका अनुसार श्रीशीशा राई, राजन केडी, जनकऋषि राई, जयकृष्ण यादव, गंगा बराल र गोविन्द बस्नेत अध्यक्षको आकांक्षी रहेका छन् । यी मध्ये कसलाई उमेद्वारी दिने भन्ने विषयमा चाडै छलफल गरी निष्कर्ष निकाल्ने सेन्टरले जनाएको छ । सबै संगठनसंग छलफल जारी रहेको र कसरी गठबन्धन गरेर जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको पनि सेन्टरका जिल्ला स्तरका एक नेताले जानकारी दिए ।