स्कुटी चोरीमा बालकको संलग्नता : कारवाही गर्न प्रहरीलाई चुनौती

  • चैत्र ९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बालबालिकाहरुलाई कारवाही गर्न प्रहरीलाई चुनौतीपुर्ण बनेको छ । धरानमा केही समय यता स्कुटी चोरीमा संलग्न रहेका बालकहरुलाई कारवाही गर्न चुनौतीपुर्ण बनेको हो ।

पछिल्लो समय धरानका विभिन्न वडाबाट स्कुटी चोरीका घटनामा बालबालिकाहरु संलग्न हुने गरेको पाइएको छ । करिब ११ वर्ष देखि १३ वर्ष उमेरका बालकहरु चोरीका घटनामा संलग्न भएका पाइएको हो । घर अगाडि पार्किङ गरि राखिएका स्कुटी चोरी गर्ने र स्कुटीका पार्टसहरु बिक्रि गर्ने गरेका छन् । उनीहरुलाई पक्राउ गरे पनि कानुनी प्रक्रिया अनुसार कारवाही गर्न समस्या देखिएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार स्कुटीका चोरीका घटनामा ४÷५ जनाको समुहनै रहेको छ । धरानकै विभिन्न वडामा डेरामा बस्ने परिवारका सन्तान हुन् । हेर्दा सडक बालक जस्तो देखिए पनि उनीहरुलाई पक्राउ गरेर सोधखोज गर्दा धरानमै बस्दै आएको बताउने गरेका छन् । उनीहरुले पार्किङ गरि राखेको स्कुटी चोरी गरि कुनैको सामान बेच्ने, कुनै चै दिनभरी कुदाएर अर्कै ठाउँमा लगेर छाडिदिने गरेका छन् ।

धरानको वडा नम्बर १५, १७ वडामा धेरै संख्यामा उपद्रो गर्नेहरु रहेका छन् । एघार वर्ष देखि १३ वर्ष उमेरका बालकहरु स्कुटी चोरी गरि लादै फाल्ने घटनामा संलग्न भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र बस्नेत बताउँछन् । उनीहरुलाई कानुनी कारवाही गर्न पनि चुनौतीपुर्ण रहेको उनको भनाई छ । उनले भने, कारवाही गर्न नै समस्या छ, ११÷१२ वर्षका छन्, हिरासतमा पनि राख्न मिल्दैन् ।’ उपद्रो गर्नेहरुको संख्या पनि बढ्दै गएको उनले बताए ।

स्कुटी चोरी भए पछि सवारीधनीहरु उजुरी दिन्छन् । तर स्कुटी सहित उपद्रो गर्ने पक्राउ गर्दा सवारीधनीहरु नै कानुनी प्रक्रियामा जान चाहदैनन् । धेरै जसोले स्कुटी लगेर अन्यत्रै छाड्ने गरेको बस्नेत बताउँछन् । उनले भने, धेरै पटक समायौं, हेर्दा पनि माया लाग्छ, बच्चाहरु देखे पछि सवारीधनीले जाहेरी पनि दिन मान्दैनन् । मुद्धा चलाए पनि किटानी जाहेरी दिन नमान्ने गरेको उनले बताए ।

बालकहरु आपराधिक क्रियाकलापमा भेटिए पनि कानुनी प्रक्रिया पुरा गर्न नसक्दा उनीहरु बाटो बिराउँदै गइरहेका छन् । कानुनी प्रावधानका कारण कारवाही गर्न नसक्दा उनीहरुमा आपराधिक क्रियाकलापमा हौसिने हुन् कि भन्ने चिन्ता प्रहरीमा छन् । बालकहरुलाई हिरासतमा राख्न पाइन्दैन्, त्यसैले सम्झाएर पठाउने गरे पनि पुनः त्यही क्रियाकलाप दोहो¥याउने गरेको उनले बताए । त्यस्ता घटनामा संलग्न रहेका बालकका परिवारले नै सुधार्नु पर्ने बस्नेत बताउँछन् । सबैले समयमै सचेत भएर आपराधिक क्रियाकलापमा संलग्न भएको देखिए सुधार्नु तर्फ लाग्न उनको सुझाव छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved