समाचार

    Showing 7,791-7,800 of 10,048 items.
  • विराटनगरमा शैक्षिक संस्था खुला रहने

    विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था सूचारु हुने जनाएको हो ।नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । को भिड १९ को असरबाट भर्खरै तंग्रिन थालेको शैक्षिक क्षेत्र थप बन्द गर्दा थप असर गर्ने भएकोले खुला गर्ने निर्णय भएको बताईएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 2,685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा ८ का बालबालिकालाई भित्तेपत्रिका लेखन तालिम

    धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 1,317 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आठ महिनामा तीनसय दश सम्बन्ध विच्छेद

    इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दा

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 987 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मंगलबारदेखी चार दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निणर्य

    धरान / सरकारले मंगलबार देखि देशभरका सम्पूर्ण विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मौसममा देखिएको खराबीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसगको प्रमार्श गरेर नै यो निणर्य गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 3,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगबनी नाकामा भिड मुख्य प्रवेशको बाटो बन्द, सहायक मार्गबाट निर्वाध आउजाउ

    विराटनगर/ नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा शुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो । ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिई रहेका छन । टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ ।एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुन्तिर एक जना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । भारतबाट जोगबनीको मुख्य नाका भएर विरलै आउने नेपाली

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 1,473 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सुरक्षित हुदै होली पर्व मनाउन सभामुखको आग्रह

    धरान/ प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले होलीको शुभकामना दिदै कोरोना महामारीको संक्रमणलाई मध्यनजर गरी सुरक्षित भएर होलि पर्व मनाउन आग्रह गरेका छन् ।रंगहरुको पर्व होलीको शुभकामना दिने क्रममा उनले सावधानीपूर्वक होली पर्व मनाउन प्रदेश नं. १ बासीलाई आ आग्रह गरेका हुन् । उनले शुभकामना दिने क्रममा भनेका छन्–‘वसन्त ऋतुलाई स्वागत गर्दै आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशक्त विद्यार्थी आन्दोलनको तयारी

    इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् । लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिना

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 1,050 पटक पढिएको
    • "तेजबहादुर वन"
  • टिकटक बनाउने स्थल बन्दै कोशी किनार

    बराहक्षेत्र/ बिहिबार चतरा स्थित कोशिको बगरमा धरानकी मोडल सानया लिम्बू मेहनत गरेर क्यामेरा फेस गरिरहेकी देखिन्थिन् । एक म्युजिक भिडियोमा समेत अभिनय गरेसकेकी मोडल सानया विहिबार भिडियोका लागि नभई टिकटकलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्नेमा उनको ध्यान थियो । कोशीको किनाराका सेता बलुवामा टिकटक बनाएर नौलो र आकर्षित बनाउन चतरा आएकी सानयाको साथमा क्यामेरा मेनसहित को–एक्टर पनि थिए । कोशीको वगरमा ३–४ वटा टिकटक बनाएका सायना सहितको टिमले पानीबोटमा समेत टिकटक बनाए । अर्गानिक परिबेशमा फलोअर बटुल्ने योजनामा सानया छिन् । उनको टिकटकमा १ लाख भन्दा बढि फलोअर्स रहेका छन् । सायना जस्तै अन्य कलाकार

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 2,119 पटक पढिएको
    • "संगम विष्ट"
  • कोरोनाको त्रासले होली पनि खल्लो

    धरान/ अघिल्लो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालीहरुको मौलिक चाडपर्वलाई प्रभावित बनाएको थियो । कोरोनाका कारण नेपालीहरुले विगतका बर्षहरुमा हर्षोल्लासका मनाएका होली पर्व पनि गतबर्ष घर भित्रै त्रसित मानसिकतामा मनाएका थिए । यस बर्ष भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका धरानेहरु जिल्ला प्रशासन कार्यालय सुनसरीले होलीमा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेपछि निराश बनेका छन् । धरान १५ का विवेक लिम्बु गतबर्ष मनाउन नपाएको होली पर्व यस बर्ष खुलेर मनाउन उत्साहित थिए । तर यस बर्ष पनि कोरोना संक्रमण देखिन थालेपछि र सरकारले समेत भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेपछि

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 1,055 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • एमाले धरानको विस्तारित बैठक सम्पन्न

    धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले कुनै व्यक्तिको सनक र एउटा समुहको निर्णयबाट पार्टी नचल्ने बताउँदै एमाले विधान अनुसार चल्ने पार्टी भएको दाबी गरे । शनिबार नेकपा एमाले (नेपाल समुह)को धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा सपथ कार्यक्रममा निरौलाले पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मा केन्द्रित भएका कारण आम कार्यकर्ताले दुख पाएको बताउँदै उनले आधिकारीक पार्टिको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले एउटा समुहले आफुहरु अधिबेशनबाट निर्वाचित भएर आएको र सर्बोच्च अदालतले

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 1,051 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved