सुरक्षित हुदै होली पर्व मनाउन सभामुखको आग्रह

  • चैत १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले होलीको शुभकामना दिदै कोरोना महामारीको संक्रमणलाई मध्यनजर गरी सुरक्षित भएर होलि पर्व मनाउन आग्रह गरेका छन् ।
रंगहरुको पर्व होलीको शुभकामना दिने क्रममा उनले सावधानीपूर्वक होली पर्व मनाउन प्रदेश नं. १ बासीलाई आ आग्रह गरेका हुन् । उनले शुभकामना दिने क्रममा भनेका छन्–‘वसन्त ऋतुलाई स्वागत गर्दै आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव, माया प्रेमको प्रतिकको रुपमा उत्साह र उमङ्गका साथ मनाउदै यो पर्वले हामी नेपालीबीचको एकता, भातृत्व, सहकार्य तथा सष्णिुतालाई अझ गाढा बनाउन सहयोग पुगोस भन्ने शुभकामना समेत दिएका छन् ।

सभामुख भण्डारीले पर्वका नाममा हुने गरेका विकृतिलाई निरुत्साहित गर्दै सभ्य र उत्साहको साथ यो पर्व मनाउदै यस्को सामाजिक तथा साँस्कृतिक मूल्य मान्यतालाई कायम राख्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले कोरोना महामारीको विषम परिस्थितिमा साँस्कृतिक तथा सामाजिक भावनालाई कायम राख्दै कोरोना कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्वास्थ्य सम्बन्धि सुरक्षाका आवश्यक मापदण्डहरुको पूर्ण पालना गर्दै होली पर्व घर–घरमा बसेर सुरक्षित ढंले मनाउनु आग्रह समेत गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved