वडा ८ का बालबालिकालाई भित्तेपत्रिका लेखन तालिम

  • चैत्र १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ ।
बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ ।

उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्फ अघि बढ्दै समाज परिवर्तन र वडाको विकाशका कलम चलाउने विश्वास व्यक्त गरे । कार्यक्रम वडा बालबालिका संयोजक सावित्री परियारको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सचिव नविन कुमार बस्नेत, बाल संजालकी अध्यक्ष पिया कार्कीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकी सभापति परियारले आगामी दिनमा बालबालिकाको क्षेत्रमा थप बजेट विनियोजन गरि उनीहरुको आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गरिने प्रतिबद्धता जनाईन् । तालिमको समापन कार्यक्रममा सहभागिको तर्फबाट ल्याबोटरी बाल क्लबकी उपाध्यक्ष सुस्मिता लिम्बुले बाल अधिकार र पत्रकारिता तालिमको थप आयोजना गरिनुपर्ने सुझाव दिईन् ।

उनले यस अघि लिएको तालिमबाट केही अलमलमा परेकाले थप तालिमले भित्तेपत्रिका लेखनमा थप स्पष्ट पार्न मद्दत मिलेको बताईन् । वडाले विगत ४ वर्ष देखि बाल भित्तेपत्रिका लेखन तथा प्रशासन सम्बन्धी तालिम दिदै आएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved