समाचार

    Showing 7,751-7,760 of 8,693 items.
  • सिरहाका कोरोना संक्रमीत युवाको धरान स्थित बिपि प्रतिष्ठानमा मृत्यु

    धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ । बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,223 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, धरान १५का १ बालकमा कोरोना संक्रमण

     धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूर्योदय नगरपालिकामा लकडाउन

    इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देख

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 891 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • घरमै बसेका सशस्त्रमा पनि कोरोना पुष्टि, इलाममा १५ दिनमा ४६ जना सशस्त्र प्रहरी संक्रमित

     इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 851 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इटहरीका बारुणयन्त्र चालकलाइ पनि कोरोना संक्रमण

    इटहरी / इटहरीमानवारुणयन्त्र चालकलाइ पनि काेराेना पुस्टी इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको वारूणयन्त्र चालकलाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो । यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षिय युवक र वारूण यन्त्र चालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख राम चरण चौधरीले बताए ।

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमेयरको रिपोर्ट नेगेटिभ , प्रदेश १ मा थपिए ६६ संक्रमित

    इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ । १५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि,२ सय ३३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३ सय ६०    जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५०  जना  पुगेको छ ।  नेपालमा हालसम्म ६४  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय ३३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना  जना रहेका छन् ।  

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६६ कोरोना संक्रमित थपिए

    विराटनगर, २२ साउन । प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,315 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा बैंक कर्मचारीको सुसाईड नोट फेला

    विराटनगर । सनराइज बैंक विराटनगर शाखामै विषपान गरी आत्महत्या गरेकी कर्मचारीले बुबाआमालाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले बैंकमा बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत उल्लेख गरेकी छन् । बुधबार दिउँसो सनराईजमा कार्यरत विराटनगर–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएकी थिइन । त्यहाँ मुसा मार्न प्रयोग हुने विषादीको बट्टासमेत भेटिएको थियो । उनी बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत थिइन । विषादी सेवनका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्कि अनुमान छ । उन

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,208 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनपालथानमा एक ट्रक हरियो मटर बरामद

    विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ पौठाबाट प्रहरीले चोरी निकासी गर्न लागिएको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी को. १ ख ४८८७ नम्बरको मिनी ट्रकमा ६२५० के.जी. मटर बरादम भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको र गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी मायागंजबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरी टोली पुग्न साथ उक्त हरीयो मटरसहितको मिनी ट्रक छाडी चालक फरार भएको र चालकको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद भएको हरियो मटरसहितको ट्रक ईप्रका

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved