धरान / भोक्राहा नरसिंह गाउँपालिका का अध्यक्ष महेन्द्रप्रसाद यादव एक होटलबाट पक्राउ परेका छन् । अध्यक्ष यादवलाई धरान १३ मा रहेकोे डुकु होटलबाट एक महिलासहित उनलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाउ“पालिका अध्यक्ष यादवसलाई महिला सहित रंगे हात पक्राउ गरिएकोहो ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । सुनसरीका प्रहरी प्रमुख कमल थापासंग यादवका विषयमा बुझ्दा यादवलाई होटलबाट आपत्ति जनक अवस्थामा प्रक्राउ गरिएको जानकारी दिए ।
उनले इनरुवा घर भएकी ती महिलालाई जागिर लगाइदिने प्रलोभन देखाई दिउँसो आफ्नै सवारी साधन चढेर डुकु पुगेको स्रोतले बताएको छ ।
अध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीय निर्वाचनमा यादव यादव संघिय समाजबादी नेपालबाट निर्वाचित भएका थिए ।