धरानमा कोरोना संक्रमण बढ्दो

  • बैशाख ८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दिनप्रतिदिन कोरोना संक्रमण दरमा वृद्धि हुदै गएको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सीमा नाकाका कारण पनि अहिले नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको हो । भारतमा कोरोना संक्रमण बृद्धि हुदा समेत नेपालले सुरक्षाका लागि उच्च शतर्कता नपआउदा यस्तो अवस्था आएको हो ।

कोरोना संक्रमण वृद्धि हुदै गएपछि प्रशासनले समेत सुरक्षा शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने सार्वजनिक भीडभाड हुने स्थानमा समेत भीडभाड नगर्न निर्देश न नै दिइसकेको छ ।धरानमा पनि केही दिनदेखि कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको कछ । धरानमा बुधबारमात्र ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज धरान धरान १६ का ३२ वर्षीय १ जना महिला, धरान १५ का ४० वर्षीय पुरुष, ३० वर्षीय महिला र ३८ वर्षीय पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान १३ का ५४ वर्षीय पुरुष, ४० वर्षीय पुरुष र २७ वर्षीय पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको छ । यसै गरी धरान ११ का ४५ वर्षीय पुरुष एक जना, धरान १८ का ३५ वर्षीय महिला, ४३ वर्षीय पुरुष र २३ वर्षीय पुरुष, २५ वर्षीय पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको छ ।
यसै गरी धरान ६ का १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने धरान १ मा ८२ वर्षीय महिला, ४० वर्षीय महिला, ४५ वर्षीय पुरुष, १५ वर्षीय पुरुष र ५० वर्षीय महिला गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वडा नखुलेका ५७ वर्षीय १ पुरुष र अर्को २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनले भने–‘कोरोना संक्रमणको दर बृद्धि हुदै गएको छ आजमात्र २० जनामा संक्रमण फेला परेको छ । एकै दिनमा २० जनामा संक्रमण भएको धरानमा पहिलो रेकर्ड हो । ’ धरानसंगै विहीबार प्रदेश १ मा १ सय ३ जनामा कोरोना सक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १६, मोरङमा ४९, सुनसरीमा २६, उदयपुरमा १, सङ्खुवासभामा २, धनकुटामा २ जना र प्रदेश १ बाहिरका ७ जनामा कोरोना संक्रमण भएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved