संखुवासभा / संखुवासभा मकालु गाऊपालिका ३ एकुवाफेदी का ३० बर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ ।
सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए ।
बेपत्ता भएका उनको प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।