धरान । कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् । एका तिर कृषकहरुले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ । तरकारी खेतिका लागि उर्वरभूमि मानिएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारमा पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ । जिल्लाको लौकही, बसन्तपुर, घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमा नै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायीक खेतीका लागि यो क्षेत्र प
सुनसरी । प्रदेश १ मा शुक्रबार २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या अहिले सम्ममा ४९ हजार ५ सय ८० पुगेको छ भने ३२ हजार ९ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३
धरान । सुनसरीको दुहबीमा ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र १५ बेडको अस्पताल आइतबारदेखि सुचारू हुने भएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुक्रबार पत्रकार सम्मेलनको अयोजना गर्दै नगर अस्पतालमा १५ वटा सुविधा सम्पन्न बेड ब्यवस्था गरिएको बताएका छन् । अस्पतालमा इमेर्जेन्सी, प्रयोगशाला, इसिजी, एक्सरे इन्डोर कक्ष सहित १५ वटा कोठा निर्माण गरिएको बताएइको छ । अस्पताल र आइसोलेसन केन्द्र दुहबी ८ स्थित रमपम उद्योगको पुर्बपट्टि रहेको छ । अस्पतालमा २४ घन्टे इमेर्जेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु र औषधि समेत उप्लब्ध गराउने जनाइएको छ । ल्याब सेवा भिडियो एक्सरे सेवा र परिवार
धरान । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा सुनसरी क्षेत्र नम्बर १ का संसद जय कुमार राईले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । एमालेमा माधव नेपाल पक्ष मानिएका संसद राईले सामाजिक सञ्जाल मार्फत नयाँ सरकार गठनको प्रक्रियामा कुनै हस्ताक्षर नगरिएको जानकारी गराएका छन् । विहिबार राष्ट्रपती श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे सम्मका लागि नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिईन् । सरकार गठनका लागि नेपाल पक्ष सहित माओवादी र काँग्रेसको सहमतीय सरकारका लागि १ सय ४९ सदस्यको हस्ताक्षर बुझाइएको छ । यसै बिच संसद राईले नयाँ सरकार गठन गर्न भनि हस्ताक्षर नगरेको पार्टीका सबै नेता तथ
धरान । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न घोषणा गरिएको सुनसरीको जेठ १ गते देखिको लकडाउनले धरानमा ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको छ । कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा जेठ १ गते देखि १५ गते सम्मका लागि पुर्ण निषेधाज्ञा घोषणा गरेको थियो । निषेधाज्ञाको पहिलो साता प्रभावकारी रहेको पाइएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको हो । धरान उपमहानगरपालिकाले हप्ताको तिन दिन एन्टिजेन तथा पिसिआर परिक्षण गराउँदै आएको छ । केही दिन अघि सम्म परिक्षण गराएका मध्ये ८० प्रतिशत सम्मलाई पोजिटिभ देखिने गरे
सुनसरी । मोरङको सुन्दरहरैचा नगरपालिका ३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । आज बिहान घाटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले हत्याको घटनामा राईको संलग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धरान । गत जेठ १ गते देखि एक साताका लागि बन्द रहेको धरान स्थित कृषि उपज बजार स्थल आज देखि दुई घण्टाको लागि खुल्ला गरिएको छ । तरकारीजन्य वस्तुहरुको अभाव हुन थाले पछि बजारमा स्टक राखिएको तरकारीहरु बजार सम्म पुर्याउन दिनको दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गरिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार बिहान ४ बजे देखि बिहान ६ बजे सम्म मात्रै बजार खुल्ला रहनेछ । विहिबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी सहित सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलबाट आज देखि बजार दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । बजारबाट आज करिब २ सय बोरा
सुनसरी । झापाको कमल गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा बिहिवार राती प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका १ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको छ ।
मोरङ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका – ११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको
धरान । बागमती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि खिमलाल देवकोटा निर्वाचित भएका छन् । देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका राम बहादुर थापा बादलले ४०१४ मत ल्याएर पराजित भएका छन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख