धरान । कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् ।
एका तिर कृषकहरुले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ ।
तरकारी खेतिका लागि उर्वरभूमि मानिएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारमा पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ ।
जिल्लाको लौकही, बसन्तपुर, घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमा नै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायीक खेतीका लागि यो क्षेत्र पुर्वी नेपालमानै चर्चित रहेको छ ।
यहा“ उब्जाइएका सागसव्जी इनरुवाको थोक वजार हुदै पुर्वी नेपाल लगायत मुलुकको विभन्न स्थानमा निर्यात हुने गरेको छ ।
लकडाउनका कारण सहज रुपमा तरकारी बजार सम्म पु¥याउन नसक्दा वारीमा लटरम्ब फलेका बोंडी, लौका, भिन्डी, घिरौला, काक्रो, करेला लगायतका विभिन्न किसिमका हरिया सागसब्जी बारीमै कुहिन थालेको लौकहीका किसान मधु मण्डलले गुनासो पोखे ।
उनले भने, ‘लगातारको बन्दले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा तरकारी बारीमै खेर जान थालेको छ ।’
पछिल्लो समय सुनसरीमा निषेधाज्ञा कडा पारेपछि सहज रुपमा तरकारी समेत वजारमा लान सकिएको छैन ।
जसका कारण तरकारी बजारमै कुहिन थालेको सुनसरीका अर्का कृषक सत्यनाराण साह बताउछन् । उनी भन्छन्, ‘बजारमा सब्जीको भाउ आकासिएको छ, तर कृषकले उत्पादन गरेको सब्जी बजारसम्म पु¥याउन नसक्दा कृषकको उत्पादन पनि खेर गइरहेको छ । सरकारले उचित व्यवस्थपन गर्न नसक्दा यस्तो अवस्था आएको हो ।’
लकडाउनका कारण उत्पादन भएका हरियो तरकारी बजार पुर्याउन नसक्दाको पिडा एका तिर छ अर्को तिर विगतको बर्षजस्तै यस बर्षपनि कृषकले लगाएको मकैमा फौजी कीराका प्रकोप बढेपछि कृषकहरु थप चिन्तित बनेका छन् ।
मकैमा विगतको बर्षजस्तै फौजी कीरा लाग्दा मेहनत खेर गएको कृषक सत्यनारायण साह बताउँछन् । उनी भन्छन्, ‘उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा कृषक लाखौ घाटामा छन् भने अर्कातर्फ विगतको जस्तै फौजी कीराले मकै सत्यनाश नै पा¥यो ।’
कृषिज्ञान केन्द्रका प्रमुख नुनुलाल उराउका अनुसार जिल्लाको ४ हजार हेक्टर भुभागमा लगाइएको तरकारी जन्य उत्पादन विक्री नभई खेर गएकोे छ भने भण्डै ८ हजार हेक्टरमा कृषकले लगाएको मकै खेतीमा फौजी कीराका प्रकोप बढेको छ ।
कृषकहरु दोहोरो मारमा पर्दा पनि कृषि प्रधान देश नेपालमा कृषकको समस्याको विषयमा सरकारी स्तरबाट केही गरेको देखिदैन ।
बजारमा सब्जीको भाउ आकासिएको समयमा सहज आपूर्तिको व्यवस्था र कृषकले लगाएको मकैमा लागेको फौजी कीरा नियन्त्रणका लागि प्राविधिक खटाएर समस्या समधान गर्ने तर्फ सरकार चुकेको छ ।