हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ

  • जेठ ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका – ११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो ।

त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो ।

यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved