यही जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटका केही विषय विवादित बनेका छन् । बजेट भाषणमार्पmत् सरकारद्वारा सार्वजनिक यस्ता नीतिहरूको चौतर्फी आलोचना भइरहेको छ । बजेट घाटा पूर्ति गर्न ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी नीति पनि अहिले विवादित बनेको छ ।सरकारको यो नीतिले चुरे दोहनको बाटो खोल्ने बताउँदै सरोकारवालाहरू सरकारले यो नीति फिर्ता लिनुपर्ने माग गरिरहेका छन् । यो न्यायोचित माग हो । चुरे ढुङ्गा, गिट्टी, बालुवामात्र होइन, यो त जीवनरेखा पनि हो । तराई मधेशको जीवन यसैमा आश्रित छ । चुरेसँग मधेशको सभ्यता र संस्कृति पनि जोडिएको छ । त्यसकारण चुरेको द
धरान । धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र) को पहलमा युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । युकेबाट नेपाल आईपुगेको स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिषरमा प्रदान गरिएको छ । यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको छ । अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब
सुनसरी । इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान, साथै रेगुलेटरसहितका अन्य स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम प
बेलबारी÷ मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवकबिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमापुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालितअभियानमामास्क सेनिटाइजर लागयतका स्वास्थय सामाग्रिहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,पिपिई पंजा,मास्कतथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
इनरुवा । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका पर
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगागिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगागिटी बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसंगै यसको चौतर्फी विरोध भईरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकारले यस विषय गम्भीर नभएको बताए । भने,“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनास हुने प्रस्ताव ल्याएको छ । यसलाई स्विकार गर्न सकिदैन ।” चुरेको विषयमा प्रदेश २ सरकारले आफ्नो धारणा
धरान । तेह्र दिन अघि धरान १५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरि धारिलो हतियार प्रयोग गरि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न १० जना रहे पनि आज ५ जनालाई सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपिहरु वर्ष ३० का बसन्त राई, वर्ष ३२ का रेगन लिम्बु, २४ वर्षिय विक्रम राई, २७ वर्षिय सिजन राई, वर्ष २६ का कालु भन्ने सरोज लिम्बु रहेका छन् । मुख्यआरोपित बसन्त र रेगनले धनकुटामा आत्मसमर्पण गरेका थिए । उनीले सोमबार राती धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । अन्य ३ जनालाई जेठ १८ गते नै पक्राउ गरेको थियो । तेह्र दिन देखि मोरङ, त
विराटनगर । प्रदेश नं १ का सांसदले कोरोना महामारीसंग जुध्दै जन जीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् । आठौ बजेट अधिवेशनको मंगलबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले कोभिडको नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन । उनले भनिन्, “संक्रमितहरु अक्सिजन नपाएर मर्नुपर्ने अवस्थालाई कम गर्न सरकारले ठोस योजनाका साथ अघि बढ्न जरुरी छ ।&rdquo
सुनसरी । एटिएम मेशीन तोडफोड गरि रकम चोरी गर्ने क्रममा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब २ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित नविल बैंकको एटिएम बुथमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको थियो । भारतको मधुवनी जिल्ला ग्राम पंचायत लौकाहा घर भई अहिले उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई तोडफोड गर्दै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा आएको २४ गते सोमबार ४० दिन पुगेको छ । एक साता यता जिल्लामा निषेधाज्ञालाइ खुकुलो बनाइए संगै केहि मात्रामा विकाश निर्माणका कामहरू अघि बढेका छन भने स्थानीयहरूको जनजिवन पनि थोरै सहज बन्दै गएको छ । जिल्लामा ब्यापार ब्यवसाय, शैक्षिक गतिविधि ठप्प भएपनि कोरोना संक्रमणको दर दैनिक घटदै गएको पाइएको छ । जिल्लामा निषेधाज्ञा जारी भएको ४० दिन पुगिसक्दा सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या